पोखरा १७ नमुना टोलको नमुना काम
समाधान संवाददाता
२०८० असोज ३० गते १२:१२

पोखरा ।
पोखरा १७ बिरौटास्थित सिद्धार्थ राजमार्गस्थित नमुना टोल विकास संस्थाले सडकमा बत्ती बालेर नमुना काम गरेको छ । टोल विकास संस्थाको पहलमा सिद्धार्थ राजमार्गका सडक किनार र भित्री टोलमा बत्ती जडान गरेपछि साँझ राति सर्वसाधारण टोलवासी ढुक्कसँग हिँड्न पाएका छन् ।
युवा ब्यबसायी सूर्य बराल लगायत टोलबासीको प्रेरणाले टोल उज्यालो बनाउन सम्भव भएको टोल विकास संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्रीबहादुर रानाभाटले बताए । टोल विकास संस्थाका अध्यक्ष झम्कनाथ पौडेलले टोलवासीको आर्थिक सहयोगमा उज्यालो र हराभरा टोल वनाउन सकिएको बताए । करिब २ किमि क्षेत्रफलको टोलमा २ लाख खर्च भएको उनले बताए ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया