बालमन्दिरका विद्यार्थी धुलाेले पीडित, माक्स लगाएर पढ्न बाध्य

समाधान संवाददाता २०७५ माघ ७ गते ८:१८

राकेश शर्मा- म्याग्दी

बेनी कालिपुलस्थित बालमन्दिर आधारभूत विद्यालयमा धुलोको समस्याले विद्यार्थीको पठन पाठनमा समस्या आएको छ ।

दैनिकजसो कालिपुल बसपार्कमा बसले उढाउने धुलोले विद्यालय र विद्यार्थीलाई हैरानी बनाएको हो । बालमन्दिर कक्षा ८ मा अध्ययरत विद्यार्थीले दैनिकजसो सडकबाट उडेको धुँलोले हैरानी खेप्नु परेको गुनासो गरे ।

Advertisement

कक्षा कोठाका सबै झ्याल बन्द गर्दासमेत सवारीसाधनले उडाएको धुलोले माक्स लगाउँदा पनि नहुने गरेको विद्यार्थीको गुनासो छ । सडकको धुलो सिधै कक्षाकोठामा पस्दा विद्यार्थी बिरामी हुने गरेका छन् ।

‘धुलो र सवारीसाधनको आवाजले कक्षा कोठाका पढाउनसमेत गाह्रो हुन्छ’, ‘धुलोले विद्यार्थी विद्यालयका प्रअ सुरेन्द्र केसीले भने, ‘कहिले काँही त धुलोले विद्यार्थीको अनुहार नै नचिन्ने बनाइदिन्छ ।’ उनले कक्षा कोठाबाट दैनिकजसो धुलाम्मे भएर घर जानुपर्ने अवस्थाको अन्त्य गर्न मागसमेत गरेका छन् ।

Advertisement

विद्यालयमा माक्स लगाएर पढ्न पाउने नियम नभएकाले आफूहरुलाई पढ्न निकै गाह्रो भएको कक्षा ७ मा अध्ययन गर्ने दिपीका बिकले बताइन् । ‘हामीलाई यो बसपार्कको धुलोले बिहान बेलुकी आउन जानसमेत निकै समस्या बनाएको छ’ नियमित पढनकालागि यो समस्या समाधान छिटो गरिदिन अनुरोध गरिन् ।

बेनी जामसोम जाने सवारी साधान र बसपार्कमा पार्किङ गरेर राख्ने यातायातका साधनले उनीको पढाइलाई प्रत्यक्ष असर गरेको छ । बसका हर्न र धुलोले विद्यार्थीको ध्यान पढाइमा नगएको शिक्षक कमल खत्रीले गुनासो गरे । उनले भने, ‘हामीलाई कक्षामा गएर पढाउन गाह्रो हुने गरेको छ’ उनले भने, ‘यस्तो अवस्थामा विद्यार्थीले कसरी पढ्न सक्छन् । यो बसपार्क निमार्णमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक भइसकेको छ ।’

बेनी नरपालिका ८ को १ मात्र सरकारी विद्यालयको समस्या समाधानमा कसैले ध्यान नदिएको विद्यालयले जनाएको छ । ‘विद्यालय आसपासका क्षेत्रमा कालोपत्रे छैन्, कच्ची सडकबाट धुँलो सिधै विद्यालयमा प्रवेश गर्छ’ प्रअ केसीले भने ।

तपाईको प्रतिक्रिया