अर्घौं सहकारीकाे सहयाेग

लेखनाथ ।
पोखरा २६ को अर्घौमा रहेको अर्घौ कृषि सहकारीले १४ औं स्थापना दिवसको अवसरमा सृजना बहिरा माविलाई सहयोग गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा २६ मा रहेको सृजना बहिरा माविका लागि शैक्षिक सामग्री र खेलकुदका सामग्री सहयोग गरेको हो ।
हरेक वर्ष सहकारीले विभिन्न सामाजिक क्षेत्रमा गर्दै आएको छ । यस वर्ष सृजना बहिरा विद्यालयका लागि २ थान सूचना पाटी र खेलकुदका सामग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशलाल श्रेष्ठलाई सहकारीका संस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेलले हस्तान्तरण गरेका हुन् ।
सहकारीका अध्यक्ष कलाधर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सृजना बहिरा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशलाल श्रेष्ठ, संस्थाका सल्लाहकार नारायणदत्त बस्ताकोटी र सदस्य मिनाकुमारी घर्तीमगर, सस्थाका सचिव हरिबहादुर लामिछाने र उपाध्यक्ष पार्वती भट्टराईले बोलेका थिए ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया