प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड पुसमा

पोखरा ।
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता आगामी पुस २६ देखि २८ गतेसम्म भएको छ । प्रतियोगिता आयोजक समितिको बुधबार पोखरामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकले पुषको दोस्रो सातासम्म सबै जिल्लास्तरीय प्रतियोगिता सक्नुपर्ने निर्णय गरेको छ । प्रतियोगिता स्थल तय गर्न सदस्य सचिव शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
यो प्रतियोगिताका लागि ११ वटै जिल्लाबाट जिल्लास्तरीय रनिङ शिल्डबाट विजेता खेलाडी तथा टिमको सहभागिता रहनेछ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विभिन्न ६ खेल हुनेछन् । प्रतियोगिता मार्सल आर्टतर्फ छात्र/छात्रा तेक्वान्दो, उशु र कराँते हुनेछन् भने टिम गेमतर्फ छात्र÷छात्रा कबड्डी, भलिबल र एथलेटिक्सका खेल हुने तय छ ।
यस वर्ष मार्सल आर्ट खेलमा केही इभेन्ट थप गरिएको छ भने टिम गेममा समेत एक–एक जना खेलाडी थप गरिएको छ । प्रतियोगिता गर्न संघीय सरकारबाट हरेक पालिकालाई १ लाख, गण्डकी प्रदेशका ११ जिल्लालाई ४३ लाख र गण्डकी प्रदेशस्तरीयका लागि २२ लाख बजेट बिनियोजन भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि थप २५ लाख बजेट विनियोजन गरेको सदस्य सचिव शर्माले जानकारी दिए ।
तपाईको प्रतिक्रिया