भलाममा १८ गतेबाट सेभेन ए साइड

समाधान संवाददाता २०८० कार्तिक १६ गते ११:१०

पोखरा ।
पोखरा–२०, भलाममा रहेको श्रृङ्खला क्लबले यही कात्तिक १८ गतेबाट खुला सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ । ‘हाम्रो भलाम, राम्रो भलाम’ भन्ने उदेषका साथ क्रियाशील क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको यो आठौं शृंखला हो ।

Advertisement


प्रतियोगितका विजेताले १ लाख ३१ हजार १ एक सय २१ र उपविजेताले ६५ हजार १ सय ६१ का साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । आठौं सेभेन ए साइड प्रतियोगिता संयोजक मीनबहादुर थापाले प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको जनाए । प्रतियोगिता गर्न १३ लाख ५१ हजार २ सय ५२ आम्दानी र खर्च १० लाख ५६ हजार २ सय ८२ रुपैयाँ खर्च हुने अनुमान छ ।


क्लब अध्यक्ष दिनेश बस्नेतले खेलमार्फत सामाजिक विकास र समाजमा सकारात्मक परिवर्तन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाए । उनले यसले स्थानीय प्रतिभालाई अघि बढाउन सघाउने र युवाबीच भाइचारा बढाउन सघाउने विश्वास व्यक्त गरे ।


प्रतियोगिता आयोजनाका लागि विभिन्न उपसमितिहरु सक्रिय छन् । मीनबहादुर थापाको संयोजकत्वमा प्रतियोगिता मुल आयोजक समिति गठन भएको छ ।


निर्मल खत्रीको संयोजकत्वमा अर्थ संकलन उपसमिति, रमेश केसीको संयोजकत्वमा खेलकुद व्यवस्थापन उपसमिति, रामकाजी गौतमको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, मोहन रावलको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति, रविबहादुर लामिछानेको संयोजकत्वमा प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमिति, नारायण बास्तोलाको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उपसमिति, हरिश थापाको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमितिले प्रतियोगिताको तयारीलाई तीव्र पारेका छन् ।

Advertisement


२०४३ मा स्थापना भएको शृंखला क्लब २०७२ मा शृंखला क्लबमा परिणत भएको हो । क्लबले खेलकुदसहित विभिन्न सामाजिक कामसमेत गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया