युवा संघ कास्की अधिवेशन स्थगित

पोखरा ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीको ११ औं अधिवेशन स्थगित भएको छ । तयारी पूरा भए पनि शनिबार तय भएको अधिवेशन जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पको कारण स्थगित भएको अध्यक्ष पानबहादुर जिसीले जानकारी दिए ।
युवा संघ नेपाल कास्कीले शनिबार प्रकाशित प्रेस विज्ञप्तिमा अहिलेका लागि अर्को सूचना नभएसम्मको निम्ति जिल्ला अधिवेशन स्थगित गरिएको उल्लेख छ । ‘जाजरकोट र रुकुम पश्चिममा शनिबार राति गएको भूकम्पले ठूलो जनधनको क्षति भएको अवस्थामा नेकपा (एमाले) र राष्ट्रिय युवा संघ नेपालको निर्देशन बमोजिम अधिवेशन स्थगित गरिएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सिंगो पार्टी पंक्ति तथा युवा संघ भूकम्प प्रभावितहरुको उद्दार तथा राहतका कार्यमा जुट्न पर्ने भएकाले अभिवेशन स्थगित गरिएको हो ।’
युवा संघ नेपाल कास्की उपाध्यक्ष शंकर पौडेलका अनुसार अधिवेशनमा २ सय ३० प्रतिनिधि, पर्यवेक्षक अतिथिसहित ३ सय जनाले भाग लिने तय थियो ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया