मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भइरहेको छः प्रचण्ड

समाधान संवाददाता २०७६ असार ६ गते १२:३६
5nkmn sfo{qmd sf:sL, % c;f/ -/f;;_ g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf cWoIf Pjd k"j{k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú laxLaf/ kf]v/f ko{6g kl/ifbn] kf]v/fdf cfof]hgf u/]sf] 5nkmn sfo{qmddf dGtJo JoQm ub}{ . t:jL/ M s[i0f bjf8L

समाधान संवाददाता
पोखरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिमण्डलको पुनर्गठनबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भइरहेको बताएका छन् । उनले मन्त्रिमण्डल पुनर्गठनको लागि प्रधानमन्त्री ओलीको मुख्य हात हुने उल्लेख गरे ।

प्रेस संगठन कास्कीले बिहीबार आयोजना गरेका पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले चाहे मन्त्रीमण्डल पुनर्गठन हुने बताए । ‘मन्त्री मण्डलको पुनर्गठनबारे हाम्रो छलफल भएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘पुनर्गठनबारे छलफल भएता पनि ठोस निष्कर्षमा पुगी सकेका छैनौं ।’ अध्यक्ष प्रचण्डले आफू काठमाडौं फर्किएपछि दुवै अध्यक्ष बसेर निष्कर्षमा पुग्ने जानकारी दिए ।

Advertisement

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टी एकीकरणको बेलामा भएको सहमतिलाई हल्का फुल्का ढंगले लिएर दायाँ वायाँ गर्ने छुट कसैलाई नभएको बताए । सहमतिभन्दा बाहिरका गतिविधि राष्ट्र र जनताको हितमा नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताले अनुमोदन गरिसकेपछि एकता प्रक्रिया र संकल्पबाहिर कोही पनि जान नमिल्ने तर्क गरे ।

उनले सरकारको नेतृत्वबारेमा भएको सहमति पहिल्यै सार्वजनिक भएको दाबी गरे । ‘पछिल्लो समयमा मैले बोलेर सहमति सार्वजनिक भएको होइन,’ अध्यक्ष प्रचण्डले भने, ‘हिजो जेसुकै सहमति भएता पनि पछिल्लो अवस्थामा सरकार ५ वर्ष चल्न सक्छ मैले भनेको हो ।’ पार्टी र सरकार सञ्चालनबारे भएका सहमतिबारे आफूले बोलेका विषयलाई गलत ढंगले प्रचार भइरहेको दाबी गर्दै अध्यक्ष प्रचण्डले एकताका समयमा भएको सहमतिमा कसैले खेल्न खोजेको संकेत गरे ।

Advertisement

अध्यक्ष प्रचण्डले पार्टी एकताको क्रम अन्तिम चरणमा पुगेको जानकारी दिए । केन्द्रीय समितिको कार्य विभाजन र विभागको गठनको लागि तयारी भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले शनिबार सचिवालयको बैठक बसेर पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने बताए । उनले सरकारको कामलाई प्रभावकारी बनाउन र पार्टीलाई गतिशील बनाउन ध्यान दिने उल्लेख गरे ।

सरकारको लागि पहिलो १ वर्ष संवैधानिक र कानुनी आधार तयार पार्ने वर्षको रुपमा रहेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले विकास निर्माण तथा छिमेकीसँगको सम्बन्धलाई सन्तुलित बनाउन सरकार सफल भएको दाबी गरे । जनताले अपेक्षा गरे अनुसारको विकास निर्माण कार्य तीव्र गतिमा अघि बढ्न नसकेको, सुशासन कायम हुन नसकेको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले अहिलेको नीति तथा कार्यक्रम र बजेट सन्तुलित र उत्साहप्रद ढंगले आएको दाबी गरे । अहिलेको परिवर्तन मात्रात्मक नभएर गुणात्मक र संरचनागत परिवर्तन भएको चर्चा गर्दै उनले ठूला क्रान्तिपछिको व्यवस्थापनमा केही जटिलता हुने उल्लेख गरे ।

नेकपा अध्यक्ष प्रचण्डले जनताको चाहनालाई सम्बोधन गर्न फिर्ता लिएको गुठी सम्बन्धी विधेयकका बारेमा नयाँ शिराबाट छलफल गरिने जानकारी दिए । विधेयकबारे सबैलाई समयमै बुझाउनमा कमी भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विधेयक निर्माणका क्रममा सम्बन्धित सरोकारवालासँग परामर्श र संसदीय दलभित्र छलफल हुन नसकेको बताए । अध्यक्ष प्रचण्डले मिडिया काउन्सिल, मानव अधिकार आयोग लगायतका विधेयक संसदीय प्रक्रियाबाट संशोधन गरेर आउने जनाए । उनले सबै विधेयक फिर्ता लिदा गलत नजिर बस्ने उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना ढंगले टुंगिन लागेको दाबी गरे । विप्लवले लिएको बाटो गलत भएको दाबी गर्दै अध्यक्ष प्रचण्डले हिंसाको बाटोमा जान अब आवश्यक नभएको बताए । ‘विप्लवजी उल्टो बाटो हिँडेर कही पुगिँदैैन,’ अध्यक्ष प्रचण्डले भने, ‘जनताको मत र प्राप्त उपलब्धिको रक्षा गरौं । यति राम्रो खुल्ला बाटो ठीक छ ।’ समाजवादको आधार तयार गरेको संविधानले ढोका खोलेकाले जबरजस्ती गर्नु ठीक नभएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

कार्यक्रममा प्रेस संगठन कास्कीका नेता माधव बराल, सन्देश श्रेष्ठ र कृष्ण दवाडीले बोलेका थिए ।

तपाईको प्रतिक्रिया