भूकम्प पीडितद्वारा राहत नपाएको गुनासो

समाधान संवाददाता २०७६ असार ६ गते १२:३९

समाधान संवाददाता
स्याङ्जा

भूकम्प गएको ४ वर्ष बितिसक्दा समेत वास्तविक प्रभावितले राहत नभएको गुनासो अर्जुनचौपारी गाउँपालिका १ का बोधनारायण रेग्मीले गरेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई कार्यालय स्याङ्जाले गरेको भूकम्पपछिको निजी आवास पुनर्निर्माण÷प्रवलीकरण सार्वजनिक सुनुवाई एवं अन्र्तक्रियामा भूकप्पलले क्षति भएका घरहरुको नामावली पठाए पनि काटेर अन्य थपिएको रेग्मीले बताए ।

घर भत्केर बस्नै नहुने पनि लाभग्राहीको सूचीमा नपरेको भन्दै रेग्मीले नक्कली लाभग्राहीलाई हटाएर वास्तविकलाई समेट्न आग्रह गरे ।

Advertisement

जनप्रतिनिधिले लाभग्राहीको नाममा पारेर घर नबनाएकालाई बनाएको सिफारिस गरेर रकम लिएको बताउँदै रेग्मीले सबै प्रद्धति अनुसार चल्नुपर्ने बताए । अर्जुनचौपारी ४ खोका ज्ञानप्रसाद चापागाईंले तीलडाँडा एकीकृत बस्तीको डिपीआर नहुँदा घर बनाउन नसकेको बताए । चाँडै बस्तीको डिपीआर गर्न र पीडितलाई पुनर्निर्माणको रकम प्रदान गरिदिन उनले आग्रह गरे ।

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्यालले पहिलो किस्ता लिएर घर नबनाउने रकम फिर्ता हुने बताए । लााभग्राहीमा परेकालाई चाँडो घर बनाउन आग्रह गर्दै अर्यालले नबनाउने भएमा आफै जिल्लामा पुगेर रकम फिर्ता गर्नु पर्नेमा जोड दिए ।

Advertisement

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङले भूकम्प पीडितको मूल्यांकनकर्ताले धन्सारलाई समेत लाभग्राही सूचीमा हालेको बताउँदै गाउँपालिका केलाएर बास्तविकलाई समेट्ने प्रयासमा जुटिरहेको जनाइन् ।

कार्यक्रममा सहायक सिडिओ धुब्र गिरी, गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत पुरण गुरुङ, नेकपाका जिल्ला सदस्य मोहनबहादुर अधिकारी, राप्रपाका भीम बहादुर गोदार, इन्जिनियर केशव सुबेदी, पुनर्निर्माणका लेखा अधिकृत थमनसिंह गौतम लगायतले आयोजनाको अवधि धेरै भएको बताए ।

स्याङ्जा जेठ मसान्त सम्म ७ सय ४ प्रवलीकरणसहित ९ हजार ५ सय २१ लाभग्राहीमा १ हजार १ लाभग्राहीले तेस्रो किस्ता लिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाइ प्रमुख प्रमुख प्रविण ढकालले बताए । लाभग्राहीको सूचीमा परेकामध्ये ३ हजार ६ सय ६८ ले दोस्रो किस्ता र ८ हजार ९ सय ८१ ले पहिलो किस्ता लिएको ढकालले बताए । जिल्लामा ४ हजार ९ सय ३९ ले छुट गुनासो गरेकोमा अर्जुनचौपारीका र फेदिखोलामा गुनासो सुनुवाई गरिएको बताए ।

तेस्रो किस्ता लिनेमा अर्जुनचौपारी पहिलो रहेको भन्दै ढकालले ५ सय ०७ लाभग्राहीमा २ सय ४८ ले तेस्रो किस्ता लिएको बताए ।

तपाईको प्रतिक्रिया