लैंगिक हिंसाविरुद्ध अभियान सुरु

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अगुवाइमा लैंगिक हिंसाविरुद्धको अभियान वर्ष २०७६ औपचारिक शुभारम्भ भएको छ । सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले बिहीबार ‘गण्डकी प्रदेशको प्रतिबद्धता, लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता प्रतिबद्धता २०७६’ मा हस्ताक्षर गरी अभियानको शुभारम्भ गरिन् । नेपाल सरकार मन्त्री परिषद बैठकले गत जेठ ६ गते अभियान वर्ष मनाउने निर्णय गरेको थियो । अभियानको नारा ‘लंैगिक विभेदको अन्त्य, समृद्ध नेपालको गन्तव्य’ भन्ने छ ।
अभियानको पहिलो चरणमा बिहीबार सचेतनामूलक नाटक प्रदर्शन र सामाजिक सन्देशमूलक चलचित्र अग्निदहनको प्रदर्शन गरिएको छ । शक्ति समूहका कलाकारले नाटक प्रदर्शन गरेका थिए । सामाजिक मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले स्थानीय सरकार, सामाजिक संघ संस्था र सरोकारवालाको समन्वयमा प्रदेशका सबै जिल्लामा अभियान लैजाने बताए । ‘मन्त्रालयले लैंगिक हिंसा निवारण अभियानमा सबै क्षेत्रको सहयोग र समन्वय अपेक्षा गरेको छ,’ सचिव पौडेलले भने, ‘सबै सरोकारवालासँगको समन्वय र सहकार्यमा अभियान प्रभावकारी हुनेछ ।’ सचिव पौडेलले चलचित्र अग्निदहन र सचेतनामूलक नाटकले लैंगिक हिंसा रोक्न र समाजमा रहेका अन्धविश्वास र कुरीति रोक्न सघाएको बताए ।
सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत शान्ति विश्वकर्माले अभियानले लैंगिक हिंसाका स्वरुप र कारण पहिचान गरी निवारणमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् । लैंगिक हिंसा व्यक्ति, परिवार, समाज र राष्ट्रको साझा सरोकारको सवाल भएको उल्लेख गर्दै उनले हिंसाबाट प्रभावितलाई सुरक्षित आवास र पुनस्र्थापनाको लागि प्रदेश सरकारले ध्यान दिएको बताइन् । मन्त्रालयका महिला विकास अधिकृत सुशीला आचार्य संघ प्रदेश र स्थानीय सरकारले वर्षभरि लंैगिक हिंसाविरुद्ध अभियान चलाउने बताइन् ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविदशरण उपाध्यायले प्रदेशका १० जिल्लामा अग्निदहनको प्रदर्शन गरिने जनाए । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष बिन्दु कोइराला सुवेदी, गैसस महासंघ कास्कीका उपाध्यक्ष इन्दिरा पौडेलले लैंगिक हिंसाविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता जनाए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया