बेगनास ताल नगरी सहकारीमा जीवन

लेखनाथ ।
बेगनास ताल नगरी बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले फेरि जीवन तिवारीलाई अध्यक्षता चुनेको छ । उपाध्यक्षमा ध्रुराज न्यौपाने, सचिव हरिकृष्ण न्यौपाने, कोषाध्यक्ष विकेन्द्रप्रसाद तिवारी र सहसचिवमा मनिषा तिवारी छन् ।
सञ्चालक समिति सदस्यमा रामेश्वर ढुंगाना, बुद्धिप्रसाद सुवेदी, रीताकुमारी बास्तोला, सुनिता तिमिल्सेना, गीता खनाल र कमलप्रसाद सापकोटा छन् । लेखा समिति संयोजकमा रमानाथ पौडेल र सदस्यका कल्पना पौडेल रहेको निर्वाचन संयोजक राममणि अधिकारीले बताए ।
शनिबार भएको सभाले चालु आर्थिक ८ करोड ४४ लाख ३१ हजार ४ सय सेयर पुँजीलाई वृद्धि गरी १० करोड बनाउने निर्णय गरेको छ । संस्थामा आवद्ध १ हजार ४ सय ३३ सेयर सदस्यलाई वृद्धि गरी १ हजार ६ सय बनाउने योजनासमेत अघि सारेको छ ।
कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव सोमलाल सुवेदीले सहकारीहरुले सम्भावनाको खोजी गर्दै नयाँ कामको माध्यमबाट आयआर्जनमा जोडिन आग्रह गरे । उनले सामूहिक भावनाले निस्कृय अवस्थामा रहेको पुँजीलाई पहिचान गरी सयर सदस्यको आय आर्जनमा कसरी टेवा पुर्याउन सकिन्छ भन्ने खालका कार्यक्रम ल्याउन पनि अनुरोध गरे ।
कार्यक्रममा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने, कास्की बचत तथा ऋण सहकारीका कोषाध्यक्ष शेरबहादुर कार्की, राष्ट्रिय सहकारी बैंक तालचोक शाखाका प्रमुख पूर्णिमा पाठक, पोखरा ३० का वडा सदस्य विनोदप्रसाद लामिछाने, मादी गाउँपालिका वडा नं १२ का वडाध्यक्ष कृष्ण दाहाल, लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, गौतम ऋषि बचत तथा ऋण सहकारी अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जिवी तिवारी, बेगनाताल संरक्षण तथा विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद ढुंगाना र निर्वाचन समितिका संयोजक राममणि अधिकारी, उपाध्यक्ष ध्रुवराज न्यौपाने र सचिव हरिकृष्ण न्यौपानेले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष जीवन तिवारीको अध्यक्षतामा भएको थियो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया