गरिमा बैंकलाई फुटसल उपाधि
समाधान संवाददाता
२०८० कार्तिक २० गते १२:१२

पोखरा ।
कामना सेवा विकास बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप प्रतियोगिता २०८० को उपाधि गरिमा विकास बैंकले जितेको छ ।
पुरुष तर्फको खेलको फाइनल खेलमा गरिमाले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउँदै उपाधि जितेको हो । गरिमाले सेमिफाइनल खेलमा प्रभु बैंक लिमिटेडलाई पेनाल्टी सुट आउटमा ३–१ र फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी माछापुच्छ्रेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगितामा पुरुषतर्फ १२ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता थियो । विजेता तथा उपविजेता टिमलाई कामना सेवा बैंकको तर्फबाट ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गरेको गरिमाका खेलाडी सौगातदीप सिंह उत्कृष्ट गोलकिपर र विशाल बानिँया उत्कृष्ट खेलाडी घोषित भए ।
सम्बन्धित









रघुगंगाको दुवारीमा केन्द्रीय प्रसारण लाइनको बिजुली
नयाँ वर्ष मनाउन लेकसाइडकै सडकमा निम्तो
गृहद्वारा १५ सहसचिव र उपसचिवको सरुवा, गण्डकीका ३ जिल्लामा नयाँ सिडिओ
पोखराको पामेमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप: ३६ राइडरबिच प्रतिष्पर्धा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया