पोखरा १० मा कौसीखेती तालिम

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिकाको वडा नम्बर १० ले कौसी खेती गर्न आवश्यक कम्पोस्ट मल बनाउने ड्रम वितरण गरेको छ । वडाले कौसी खेती तालिमसमेत दिएको छ । तालिमको वडा अध्यक्ष राजकुमार गुरुङले उद्घाटन गरे ।
वडाध्यक्ष गुरुङले आफ्नो वडालाई नमुना बनाउने गरी काम भइरहेको बताए । उनले घरमा खेर गइरहेको फोहोरबाट मल बनाई फोहोरलाई मोहोरमा परिणत गर्न वडाबासीलाई आह्वान गरे ।
कार्यक्रममा टोलटोलका ५७ वटा समूहबाट ५ र ५ जनाको सहभागिता थियो । २ सय ९० जनालाई २ तहमा विभाजन गरी १ सयजनालाई १ हजार ५ सय पर्ने कम्पोस्ट मल बनाउने ड्रम पोखरा महानगरपालिकाको तर्फबाट उपलब्ध गराइएको थियो । महानगरको ५०५ सहयोग र स्थानीयको ५०५ जनसहभागितामा ड्रमका लागि जुटाइएको थियो ।
तालिममा वडा सदस्य एवं कार्यक्रम संयोजक सम्मरबहादुर श्रेष्ठ २०५९ सालमा रामबजारमा सुरूआत गरेको सरसफाइ अभियानको स्मरण गरे । कार्यक्रममा पोखरा महानगरपालिका सरसफाइ महाशाखाकी शाखा प्रमुख कल्पना बराल, महानगरपालिका कृषि महाशाखाका शाखा प्रमुख मनोहर कडरिया, कृषि महाशाखाका सहायक प्राविधिक सुरोज चिलुवाल र हेरालो प्रतिष्ठान पोखराका निवर्तमान अध्यक्ष रोस गुरुङले मन्तव्य राखेका थिए ।
तालिममा वडा सदस्य निशा मल्ल ठकुरी, वडा सदस्य प्रतिभा विक पोखरेल, वडा सदस्य दीपकबहादुर थापा, इन्द्र मार्ग टोल विकास संस्थाका अध्यक्ष रूद्रप्रसाद शर्मा, नवजीवन महिला विकास संस्थाका अध्यक्ष कमला थापा, संकल्प आमा समूहका अध्यक्ष गोमा रायमाझी लगायतले आ आफ्नो विचार राखे ।
तालिममा स्वयंसेवी वडा समितिका संयोजक गीता आचार्यले स्वागत गरेको उक्त कार्यक्रम वडा सदस्य सम्मरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम कामना टोल आमा समूहका अध्यक्ष सीमा गुरुङले सञ्चालन गरेकी थिइन् ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया