प्रगतिशील कानुन व्यवसायीको सम्मेलन

पोखरा ।
पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पिपिएलए) गण्डकी प्रदेश कमिटीको प्रदेश स्तरीय पहिलो सम्मेलन भएको छ । सो सम्मेलनबाट संगठनको विधान अनुसार गण्डकी प्रदेश कमिटी गठन गरिएको छ । कमिटीको अध्यक्ष हरिप्रसाद शर्मा (बागलुङ), उपाध्यक्ष सोमबहादुर श्रेष्ठ (कास्की) र सचिव कमलप्रसाद अर्याल (कास्की) छन् ।
कमिटीका सदस्यमा राधा उपाध्याय, भूपेन्द्र खनाल, हरिकृष्ण सुवेदी, शिवदत्त ढकाल, पुण्यप्रसाद सुवेदी, जनकल्याण पराजुली, नारायणप्रसाद शर्मा, भुवन पराजुली काफ्ले, टंकप्रसाद न्यौपाने र ध्रुवराज शर्मा छन् ।
नेकपा (एमाले) स्थायी समितिका सदस्य खगराज अधिकारीले सम्मेलन उद्घाटन गर्दै कानुन व्यवसायीले सधै कानुनको व्याख्यामा अदालतलाई सही बाटो देखाउनुपर्ने बताए । निर्वाचित जनप्रतिनिधिलाई कानुन निर्माणमा कानुन व्यवसायीले सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले प्रगतिशील कानुन व्यवसायी निश्पक्ष भई काम गर्नमा सदैव अब्बल रहन सक्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य तथा अधिवक्ता सुधीरकुमार पौडेल, पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठनका केन्द्रीय अध्यक्ष भोजराज आचार्य, उपाध्यक्ष हरिप्रसाद सुवेदी, उच्च अदालत बार एसोसियसन पाटनका अध्यक्ष शान्तिराम खतिवडा, वरिष्ठ अधिवक्ताहरु रामप्रसाद घिमिरे, रविनारायण खनाल, नेकपा (एमाले)केन्द्रीय निर्वाचन विभागका सचिव केदार कोइराला, पार्टीका जिल्ला कमिटी कास्की उपाध्यक्ष तेजनारायण अधिकारी लगायतले कानुन व्यवसायीका सबालमा बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया