कास्की रेडक्रसको राहत
पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित समुदायका लागि रेडक्रसका सम्बन्धित जिल्लाका शाखामार्फत राहत पठाएको छ । रेडक्रस कास्कीको आइतबार बसेको पदाधिकारीको बैठकको निर्णय अनुसार दुबै जिल्लाको लागि १÷१ लाखको दरले राहत पठाएको मन्त्री सुरेन्द्र गुरुङले जानकारी दिए ।
उनले नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखा तथा रुकुम पश्चिम शाखा खातामा रकम दाखिला गरेको बताए । कार्यवहाक सभापति धर्मराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेडक्रसको आधारभूत सिद्धान्त, मूल्य र मान्यता आधारमा भूकम्प प्रभावितहरुको लागि आवश्यक सहयोगको लागि जुट्न रेडक्रस कास्कीका उपशाखा तथा निकाय, स्वयंसेवक तथा कर्मचारीलाई अपिलसमेत गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित समुदायको खोज, उद्दार तथा राहात, शिघ्र पुनर्लाभको कार्यक्रममा रेडक्रस अभियानको सञ्जाल परिचालन गरेको उल्लेख गर्दै आवश्यक सहयोगमा जुट्न रेडक्रसका सबै निकायलाई आग्रह गरेको छ । रेडक्रस केन्द्रको अनुरोध अनुसार कास्की रेडक्रसले भूकम्प प्रभावित समुदायको लागि राहात पठाएको हो ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया