समुदायमा प्रभाव पार्ने काम गर्न निर्देशन

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले सामुदायिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीलाई सोमबार प्रशिक्षण दिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको कार्यक्रममा १९ जना प्रहरी कर्मचारीको सहभागिता रहेको जिल्ला समन्वय समिति कास्कीका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाईले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले स्थानीय समुदायसम्म जति नजिकको सम्बन्ध हुन्छ, त्यति नै काम गर्न सजिलो हुने बताए ।
समुदायमा सकारात्मक प्रभाव छोड्ने काम गर्न निर्देशन दिदै उनले स्थानीय समुदायसँग मिलेर गरेको कामले नेपाल प्रहरीको गरिमा बढ्ने टिप्पणी गरे । ‘सामुदायिक सेवा केन्द्रका कार्यसमिति समक्ष घुलमिल हुनुहोस् । स्थानीय समुदाय लगायत धेरैको ध्यान केन्द्रीत हुने गरी काम गर्नुस्,’ उनले भने, ‘सबैसँग सम्बन्ध सुमधुर नभए काम गर्न कठिनाइ हुन्छ ।’
उनले कार्यसमिति, स्थानीय समुदायसँग खेलकुद, अतिरिक्त क्रियाकलाप हाइकिङ, भ्रमण कार्यक्रम गरेर घुलमिल हुन आग्रह गरे । उनले नेपाल प्रहरीसम्म पहँुच नपुगेको नपुगेको समुदायसम्म पुगेर काम गर्न निर्देशन दिए । समाजमा भएका विकृति, विंसगति तथा अपराधका घटना रोकथाम तथा न्यूनीकरणका लागि रचनात्मक ढंगले काम गर्न आग्रह गर्दै उनले सम्भावित घटनालाई रोक्न चनाखो भएका काम गर्न अनुरोध गरे । उनले उच्च व्यवसायिक र आदर्शवान बनेर नेपाल प्रहरीको सन्देश जनसमक्ष जान आग्रह गरे ।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की वरिष्ठ उपाध्यक्ष बजगाईले स्थानीय समुदाय र नेपाल प्रहरीको सहकार्यमा विकृति, विसंगतिरहित समन्नुत समाज निर्माणका लागि अभियान चलाएको जानकारी दिए । उनले शान्ति, सुरक्षा कायम गरी कास्कीलाई नमुना बनाउने नेपाल प्रहरीको अभियानमा साथ सहयोग गर्ने बताए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की महासचिव घनश्याम तिम्सिना, सामुदायिक सेवा केन्द्र कास्कीका इन्चार्ज प्रहरी सहायक निरीक्षक टीका सुवेदी लगायतले सामुदायिक सेवा केन्द्रका गतिविधिका बारेमा बोलेका थिए । कास्कीमा क्रियाशील सामुदायिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीले सवारी साधन, इन्धन र जनशक्तिको अभाव रहेको जनाएका थिए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया