संगम सहकारीको शुभकामना
पोखरा ।
संगम बचत तथा ऋण सहकारी संस्था , राम बजार पोखरा १५ ले संस्थाका वर्तमान र पूर्वसमिति, उपसमिति साथै कर्मचारी समेतको उपस्थितिमा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
सो अवसरमा सबैलाई शुभकामना दिँदै अध्यक्ष नवराज तिवारीले अग्रजहरुको निरन्तर मेहेनत र इमान्दारिताले नै संस्था आजको यो सबल अवस्थामा आएको बताए । संगम सहकारीका पूर्वलेखा समिति सदस्य समेत रहेका पोखरा १५ का वडा सदस्य एवं पोखरा महानगरीय लेखा समिति सदस्य बलराम पौडेलले संगम सहकारीबाट प्राप्त ज्ञान र अनुभवले गर्दा नै आज महानगरपालिका अन्तर्गतको समितिमा बसेर सेवा गर्ने अवसर पाएको बताए ।
संस्थाका संरक्षक नीरज थापाले बढी ब्याजको आकर्षण देखाउने सहकारीबाट सचेत हुनुपर्ने बताए । पूर्व शिक्षा उपसमिति सदस्य एवं हावर्ड एकेडेमीका प्रिन्सिपल श्रीकृष्ण अधिकारीले नेफ्स्कुनको अभियान अन्तर्गत प्रोबेसनमा जाँदाका असन्तुष्टिहरु अहिले आएर सन्तुष्टिमा परिणत भएको बताए ।
पहिलो त्रैमासिक समिक्षा र तिहार बिशेष कार्यक्रमलाई समेत जोडी सम्पन्न गरिएको कार्यक्रममा कार्यालय प्रमुख बृहस्पति अधिकारीले संस्थागत प्रस्तुति राखेका थिए । यसैगरी सहकारीको १६ औं वार्षिक साधारणसभाको बन्द सत्रमा उपस्थित मध्येबाट खोलिएको चिठ्ठामा प्रथम गोविन्दबहादुर थापा, दोस्रो चकना श्रेष्ठ र तेस्रो सीता कुमारी भन्डारीलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा बुद्धिमान थापा, धनराज पुरी, विनीता खड्काले पनि बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया