भुकम्प पीडितलाई नेपाली युवा उद्यमी मञ्चको सहयोग
समाधान संवाददाता
२०८० कार्तिक २१ गते १५:३५

पोखरा ।
नेपाली युवा उद्यमी मञ्च पोखराले भूकम्प पीडितलाई सहयोग गरेको छ । मंगलबार गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्राराज पाण्डे र प्रदेशसभा सदस्य बिन्दुकुमार थापालाई २ लाखको चेक प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो ।
नेपाल सरकारद्वारा राहत सहयोगको लागी एकद्वार प्रणालि सिस्टम लागु गरे सँगै मञ्चले प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष निरन केसिले जानकारी दिए । सरकार द्वारा राहत सहयोगको लागि लागु गरिएको एकद्वार प्रणालिको प्रशंसा गर्दै सरकारले पनि भुकम्प पिडितहरुको लागि तिब्र र तदारुपताका साथ राहत सामाग्री व्यवस्थापन गर्ने उनले अपेक्षा व्यक्त गरे । आगामी दिनहरुमा पनि सरकारसंग हातेमालो गर्न यस संस्था कटिवद्द रहने उनको भनाइ छ ।
सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया