भूकम्प पीडितलाई आँखा अस्पतालको सहयोग
समाधान संवाददाता
२०८० कार्तिक २२ गते १२:२५

पोखरा ।
नेपाल नेत्रज्योति संघ गण्डकी र हिमालय आँखा अस्पताल पोखराले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि आर्थिक सहयोग घोषणा गरेका छन् । संघले डेढ लाख रुपैयाँ नगद सहयोगका लागि राहत कोषमा पठाउने भएको जानकारी संघका अध्यक्ष सुरेन्द्र थापामगरले दिए ।
आँखा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुबाट समेत सहयोग हुने र त्यो सबै रकम नेपाल नेत्रज्योति संघको केन्द्रमा पठाइने भएको छ । संघको केन्द्रले आर्थिक सहयोग सरकारी संयन्त्रमार्फत भूकम्प पीडितकहाँ पठाउने जानकारी अध्यक्ष थापाले दिए । पोखरा घारीपाटनको आँखा अस्पतालले गण्डकीका साथसाथै कर्णालीमा पनि आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया