भूकम्पपीडितलाई सहारा युकेको १ लाख

समाधान संवाददाता २०८० कार्तिक २२ गते १२:४४

पोखरा ।
सहारा युकेले भूकम्पपीडितलाई १ लाख सहयोग गर्ने भएको छ । अध्यक्ष कुसाङ गुरुङको अध्यक्षतामा बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित १ लाख सहयोग गर्ने निर्णय गरेको हो ।

Advertisement


संस्थाले यही १८ नोभेम्बरमा लन्डनको एम्पाएर हल अल्डरसटमा च्यारिटी डिनर नाइट गर्ने निर्णय गरेको छ । सहारा युकेले खेलकुद, शिक्षा, स्वास्थ्य र च्यारिटी सहयोग लगायत कार्यक्रममा आर्थिक मजबुत हुनुपर्ने जनाउँदै च्यारिटी डिनर नाइटलाई निरन्तरता दिएको अध्यक्ष गुरुङले बताए ।


सहारा क्लब पोखराको रजत महोत्सव अवसरमा सम्मानित सहारा युकेका प्रमुख सल्लाहकार महेश गुरुङ र एनआरएन युके अध्यक्षमा निर्वाचित सहारा युकेका सल्लाहकार हितकाजी गुरुङलाई संस्थाले सम्मान गरेको छ ।

Advertisement


च्यारिटी नाइटमा सहारा युकेमा रहेर उत्कृष्ट काम गर्ने २ जनालाई सहारा अवार्ड प्रदान गरिनेछ । सहारा युकेको साताैं कार्यसमितिको २ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा अध्यक्ष गुरुङले सबैलाई धन्यवाद दिए ।


आगामी १६ डिसेम्बरमा महाधिवेशन हुनेछ । आठाैं कार्यसमिति चयनका लागि सल्लाहकार एवं संस्थापक एफसी चेयरमेन हरिकुमार श्रेष्ठ संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ । सदस्यमा सल्लाहकार कमल गुरुङ र सल्लाहकार ज्ञाम गुरुङ छन् । पर्यवेक्षकमा संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्व अध्यक्ष दिलीप गुरुङ एमबिई, पूर्व अध्यक्ष मीन गुरुङ र निवर्तमान अध्यक्ष कुमार गुरुङ छन् ।

Advertisement

तपाईको प्रतिक्रिया