बोहरालाई सहयोग
समाधान संवाददाता
२०८० कार्तिक २३ गते १२:४०

पोखरा ।
एट टु नाइन एफसी पोखराले अन्डर १५ फुटबल खेलकी उदयीमान राष्ट्रिय खेलाडी एशोदा बोहरालाई बुधबार १ लाखसहयोग गरेको छ । क्लबले सेभेन ए साइड फुटबल प्रतियोगिता गरी बचत भएको उक्त रकम गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले घाइते खेलाडी एशोदाका काका जितेन्द्रबहादुरलाई पोखरामा हस्तान्तरण गरेकी हुन् ।
मन्त्री सिम्खडाले दुख परेका बेलामा आवश्यक सहयोग गर्नु नै मानव सेवा भएको बताइन् । पोखरामा बन्द प्रशिक्षणमा रहेको बेला बोहरालाई स्पाइनल कर्डको समस्या भएको थियो । क्लबले असोज १७ देखि २२ गतेसम्म सेभेन ए साइड फुटबल प्रतियोगिता गरी बचत रहेको रकम सहयोग गरेको क्लबका उपाध्यक्ष धनराज तामाङले सुनाए ।
सम्बन्धित








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया