प्रदेश प्रशिक्षण प्रतिष्ठानको बैठक

पोखरा ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद्को छैटौँ बैठक बुधबार भएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवम् प्रशिक्षण परिषद्का अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकमा परिषद्का सचिव तथा प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रतिष्ठानको स्थापना कालदेखि हालसम्म हाँसिल गरेका उपलब्धिबारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यकारी निर्देशक पाण्डेले प्रतिष्ठानले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास र शासकीय क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान गरेको जनाए । परिषद्ले प्रतिष्ठानका उपलिब्धिको समीक्षा गर्नुका साथै कर्मचारी सेवा, सर्तसम्बन्धी विनियमावली स्वीकृत गरेको छ । विनियमावलीको स्वीकृतिसँगै प्रदेश लोक सेवा आयोगबाट प्रतिष्ठानको जनशक्ति पदपूर्तिको बाटो खुलेको छ ।
परिषदका अध्यक्ष एवं मुख्यमन्त्री पाण्डेले प्रतिष्ठानले छोटो समयमा संस्थागत विकास र प्रशिक्षणका क्षेत्रमा हाँसिल गरेको उपलब्धि महत्वपूर्ण भएको जनाए । उनले प्रदेश लोक सेवा आयोगबाट प्रदेश र स्थानीय तहका लागि छनोट भएका कर्मचारीका लागि तालिमको प्रवन्ध गर्न सुझाव दिए ।
सो अवसरमा प्रतिष्ठानले प्रकाशन गरेका संघीयताको सन्दर्भमा स्थानीय आर्थिक विकाससम्बन्धी अध्ययन प्रतिवेदन र सार्वजनिक निकायको आर्थिक प्रशासनसम्बन्धी नियमित कार्यसम्पादनका लागि तयार पारिएको आधारभूत कार्यसञ्चालन कार्यविधि मुख्यमन्त्रीले लाकार्पण गरेका थिए ।
प्रतिष्ठानले हालसम्म जनप्रतिनिधि र कर्मचारी गरी १६ हजारभन्दा बढीलाई क्षमता विकासका तालिम दिइसकेको छ । प्रतिष्ठानले आफ्ना सेवाका लागि क्वालिटी अस्ट्रियाबाट आइएसओ ९००१ः२०१५ प्रमाण पत्रसमेत प्राप्त गरेको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया