पोखरा २९ मा शुभकामना आदानप्रदान

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्वर २९ ले तिहार, नेपाल संम्वत, छठ लगायत चाडपर्वहरुको उपलक्ष्यमा शुुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
लेखनाथको भण्डारढिकमा रहेको जनप्रकाश माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले नेपालीहरुका चाडपर्वहरुले एकता र सद्भाव कायम गर्ने बताए । उनले नेपालीहरुका मौलिक चाडपर्वहरुको संरक्षणका लागि महानगरले भूमिका खेल्ने बताउदै चापर्वहरुले राष्ट्रिय एकता कार्यम गर्ने बताए ।
पोखरा महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष श्रीप्रसाद गुुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उपप्रमुुख मञ्जुुदेवी गुुरुङले मौलिक चाडपर्वहरुले राष्ट्रिय एकता र सद्भाव कायम गर्ने बताइन् । उनले नेपाल भौगोलिक रुपमा सानो भएपनि सांस्कृतिक र प्राकृतिक रुपमा सम्पन्न रहेको बताइन् ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य विष्णु पुन, पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कँडेल, पोखरा २९ का निर्वतमान वडा अध्यक्ष चेतबहादुर गुुरुङ, नेकपा एमाले वडा कमिटी अध्यक्ष प्रमोद भण्डारी, नेपाली कांग्रेस वडासभापति दिपकमणि भण्डारी, माओवादी केन्द्रका अध्यक्ष लालबहादुर सुनार, राप्रपाकी वडा उपाध्यक्ष दुुर्गा राना, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका अधिकारी, कार्यपालिका सदस्य निर्मला पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । विविध सांस्कृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रममको सञ्चालन वडासचिव आविष्कार पौडेलले गरेका थिए ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया