धादिङको गल्छीमा जीप दुर्घटना, चार जनाको मृत्यु

समाधान संवाददाता, धादिङ
धादिङको गल्छी गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते रहेको धादिङ प्रहरीले जनाएको छ।
गल्छी गाउँपालिका–६ कै कार्कीडाँडाबाट बैरेनीतर्फ गइरहेको बा१८ज ९४०४ नम्बरको जीप सडकबाट खस्दा चार जनाएको मृत्यु भएको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।
उनका अनुसार मृत्यु हुनेमा दुई पुरुष र दुई महिला छन्। मृत्यु हुनेहरूमा गल्छी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय राजु रम्तेल, सोही ठाउँका ४० वर्षीय सेतु रम्तेल, गल्छी गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया कान्छी भुजेल र ३५ वर्षीया नानु तामाङ रहेको प्रहरीले जनाएको छ ।
कच्ची सडकमा तीब्र गतिका कारण जीप दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। जीप सडकबाट पन्ध्र मिटर तल खसेको थियो।
दुर्घटनामा घाइतेहरूलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया