पर्यटकसँग मनाइयो लेकसाइडमा भाइटिका

पोखरा ।
पोखराको लेकसाइडमा होटल संघ पोखराल पर्यटकसँग भाइटिका मनाइएको छ । १६ औं पटक गरिएको भाइटिकामा ६८ जना पर्यटकलाइई होटल संघ पोखरामा आवद्ध रहको दिदीबहीनी र । रेन्वो चिल्ड्रन होम नेपालका छात्राले टिका लगाइदिएका हुन् । टिका कार्यक्रममा नेपालसहित १५ देशका पर्यटक सहभागि रहेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । उनका अनुसार नेपाल अमेरिका, अष्ट्रेलिया, इजरायल, वेलायत, जापान, डेनमार्क लगायत देशका पर्यटकलाई होटल संघमा आवद्ध दिदीबहिनीहरुले टिका लगाइदिएका हुन् ।
संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं भन्ने नाराका साथ होटल संघ पोखरा गरेको यो कार्यक्रम १६ औं हो । यसअघि पनि संघले पोखरा घुम्न आएका पर्यटकलाई तिहारको अवसर पारेर भाइटिका लगाइदिएका थिए । संघका अध्यक्ष सुवेदीका अनुसार लेकसाइड स्थित होटल ल्याण्डमार्कमा पर्यटकलाई भाइटिका लगाइएको हो । टिका र माला लगाएपछि टोपी, सल र सेलरोटी लगायतका उपहार पर्यटकलाई प्रदान गरिएको थियो । छात्राहरुले महोत्सवमा देउसी भैलो गीत गाए अनि नाचगान गरिएको हो । नेपाली संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरुविच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्धेश्य पनि महोत्सवले लिएको संघका अध्यक्ष सुवेदीले जानकारी दिए ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया