मेजनको धौलासिरी सार्वजनिक

म्याग्दी ।
मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन भएको छ । लोकवार्ता परिषद्ले आयोजना गरेको १२ औँ संगोष्ठी कार्यक्रममा कृतिको विमोचन गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, मालिका गाउँपालिकाका अध्यक्ष बेग गर्बुजा, धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुन लगायत प्राज्ञिक व्यक्तित्वको उपस्थितिमा किताबको विमोचन गरिएको हो । धौलागिरी भेगको सयौँ वर्ष पुरानो कथाबस्तुमाथि आधारित उपन्यासमा लाहुरे परम्पराले ल्याएका उथलपुथल देखाइएको छ ।
धौलागिरी भेगमा प्रचलित झर्रा भाषा(आञ्चलिकता) प्रयोग गरी लेखिएको उपन्यासले पाठकलाई त्यहाँको जनजीवन बुझ्न सघाउने विश्वास लिएको लेखक पुनले बताए । ‘उपन्यास पढेर धौलागिरीको जनजीवन बुझ्न सघाउ पुग्ने छ भन्ने विश्वास लिएको छु ।
धौलासिरी पहिला बुढापुकाले भन्ने गरेको रैथाने नाम अहिले धौलागिरी भएको छ । धौलागिरीबारे अरू थुप्रो कुराहरू बुझ्न किताबले सघाउने अपेक्षा लिएको छु,’ उनले भने, ‘अरू कुरा त पाठकहरूले किताब पढीसकेपछि प्रतिक्रिया दिनुहुनेनै छ ।’
किताब बुलबुल प्रब्लिेकेशन प्रालीले प्रकाशन गरेको हो । पुनका यो बाहेक दर्जन बढी गैरआख्यान किताब प्रकाशित छन् । किताब लेखन सँगसँगै मगर फिल्म निर्माण, लेखन र निर्देशनमा पनि पुन सक्रिय छन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया