कर सप्ताह जारी

पोखरा ।
आन्तरिक राजस्व कार्यालय पोखराले बिभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८० मनाइरहेको छ । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस शुक्रबारदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
शुक्रबार पहिलो दिन करदाता नलबहादुर गुरुङलाई पहिलो सेवा लिने करदाताका रूपमा आन्तरिक राजस्व कार्यालय पोखराले सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर कानुनको पालना गरी राजस्व संकलनमा योगदान गर्नु हुने करदाताप्रति हार्दिक आभार व्यक्त गरे । उनले कर प्रशासन र करदाताबिचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लगिने प्रतिबद्धतासमेत जनाए ।
कार्यालयबाट कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, करसम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानुनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने छन्।
समापन कार्यक्रम अन्तर्गत यहीँ मंसिर ७ गते उत्कृष्ट करदाताहरूलाई सम्मान तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिनेछ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया