पाण्डवखानी माध्यमिक विद्यालयले हिरक जयन्ती मनाउने

समाधान संवाददाता २०८० मंसिर ६ गते ११:३३

पोखरा ।
गलकोट १० पाण्डवखानीमा रहेको पाण्डवखानी माध्यमिक विद्यालयले हिरक जयन्ती मनाउने भएको छ । २०१८ सालमा स्थापना भएको विद्यालयले ६० औं वर्ष पार गरेको अवसरमा मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म विभिन्न कार्यक्रम सहित महोत्सव मनाउन लागेको हो ।

Advertisement


विद्यालयका प्रध्यानाध्यापक नरबहादुर सुनारले कार्यक्रमले शैक्षिक तथा सामाजिक रुपान्तरणका लागि उल्लेखनिय सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘जुन ठाउँमा गए पनि आफ्नो गाउँ ठाउँको विकासका लागि सबै जना हातेमालो गरेर अघि बढ्नुपर्छ,’ उनले भने ‘कार्यक्रम विद्यालयको मात्र होइन सम्पुर्ण पाण्डवखानीवासीको हो कार्यक्रमलाई सफल बनाउन तथा विद्यालयको शैक्षिक गुणस्तर थप वृद्धि गर्न भूतपूर्व विद्यार्थी, अभिभावक, विद्यार्थी, शिक्षक सबैको समन्वय आवश्यक रहेको छ ।’


कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर, स्वामी विवेकानन्दको प्रवचन भवनदाता, छात्रवृतिदाता, महोत्सवमा सहयोग गर्ने एवं पूर्व विद्यार्थी सम्मान, कलाकार देवी घर्ती, जुना श्रीस र नविन रानाको साँगीतिक प्रस्तुती रहने साथै लोक सँस्कृतिको उत्थान गर्न सोरठी, यानीमाया, ठाडोभाका र घाँटुनाच देखाइनेछ ।


कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न पुर्वविद्यार्थी डा दिपक काउचाको अध्यक्षतामा २५१ सदस्यीय कार्यसमिति गठन गरी तयारी सुरु गरिएको छ । कार्यक्रममा हुने खर्च विभिन्न संघ संस्था, भुपु विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी लगायतवाट संकलन गरिएको विद्यालयले बताएको छ ।


कार्यक्रममा अन्तर विद्यालय स्तरीय अंग्रजी हिज्जे, हाजीरिजवाफ, वक्तृत्वकला, गणित दौड प्रतियोगिता हुनेछ । पूर्वविद्यार्थीबीच भलिबल र ब्याडमिन्टन प्रतियोगिता हुनेछ भनेछ अभिभावकबीच कुर्ची दौड र बोरा दौड प्रतियोगिता हुनेछ ।

Advertisement

गत वर्ष एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउँदै गलकोट नगरपालिकामा दोस्रो बन्न सफल भएको छ । हाल विद्यालयमा करिव ३०० जना विद्यार्थी अध्ययनरत रहेका छन् भने २० जना शिक्षक, कर्मचारी कार्यरत रहेका छन् ।


विद्यालयले गुणस्तरीय शिक्षालाई पहिलो प्राथामिकतामा राख्दै कक्षा ११ र १२ मा व्यवस्थापन तथा शिक्षा संकायमा कक्षा सञ्चालन गरिरहेको छ । आवासीय सुविधा सहित प्राविधिक शिक्षा सञ्चालन गर्ने तथा स्नातक तह सञ्चालन गर्ने योजना रहेको प्रध्यानाध्यापक सुनारले बताए ।

तपाईको प्रतिक्रिया