गण्डकीमा रेसिङ स्पोर्टस संघ

पोखरा ।
गण्डकी प्रदेशमा मोटर स्पोर्टस खेलको विकास एवं प्रवद्र्धनका लागि नेपाल रेसिङ स्पोर्टस एसोसियसन (एनआरएसए) गठन भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीमा विधिवत दर्ता भएको संस्थाको अध्यक्षमा माइकल थापा छन् ।
संस्थाले भिआर ४६ सँगको सहकार्यमा पोखरामा शुक्रबार र शनिबार पोखरामा फिसटेल रेस आयोजना गर्ने भएको छ । संस्थाले जल, थल र आकासका सबै प्रकारका मोटर स्पोर्टससम्बन्धीस् खेलको विकास गर्ने हेतुले संस्था गठन गरी अघि बढेको अध्यक्ष थापाले बताए । रेसिङ स्पोर्टसका खेलसँग सम्वद्ध रहेका अध्यक्ष थापाले रेसिङ स्पोर्टस गण्डकी प्रदेश लगायत सबै प्रदेशमा सम्भावना भएको खेल भएकाले यसको विकासका लागि सुरुवात भएको उल्लेख गरे ।
‘हामीले रेसिङ स्पोर्टस खेलको विकास र प्रवद्र्धन गर्दै अगाडि बढ्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘अब गण्डकी प्रदेशमा रेसिङ स्पोर्टस खेलले गति लिन्छ । गण्डकी प्रदेशलाई केन्द्रविन्दु बनाउँदै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने छौं ।’ नव गठित संस्था र पोखरा रंगशालामा सञ्चालन हुने फिसटेल रेस ट्रयाकको एक कार्यक्रमका बिच प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले उद्घाटन गरे ।
बिहीबार पोखरा रंगशालामा आयोजित कार्यक्रमममा सदस्य सचिव शर्माले रेसिङ स्पोर्टस खेलको विकासले गण्डकी प्रदेशलाई खेल पर्यटनको रुपमा विश्वमा पहिचान बनाउनसमेत महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘यो महत्वपूर्ण क्षण हो । हामीले नयाँ विषयमा पाइला चालेका छौं । रेसिङ स्पोर्टसको विकासका लागि परिषदले सक्दो सहयोग गर्ने छ ।’
तपाईको प्रतिक्रिया