
जोमसोम ।
मुस्ताङको थासाङ २ कोवाङमा शुक्रबारदेखि जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति मुस्ताङको आयोजना तथा जनआदर्श अमरसिंह माध्यमिक विद्यालयको समन्वयमा प्रतियोगिता भएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने उद्घोषसहित भएको प्रतियोगिताको संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गरे । सांसद थकालीले मुस्ताङमा खेलकुद पर्यटनको उच्च सम्भावना भएको जनाए । थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष कृष्णकुमार शेरचन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अजित थकाली र ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक अनन्तराज आर्चाय लगायतले कार्यक्रममा बोलेका थिए ।
प्रतियोगितामा २ स्थानीय तहका ६ विद्यालयको सहभागिता छ । जसमा थासाङ गाउँपालिकाबाट ज्ञानोदय माध्यामिक विद्यालय (लेत), जनआदर्श अमरसिंह माध्यमिक विद्यालय (कोवाङ), योगेन्द्र माध्यामिक विद्यालय (टुकुचे) र नालान्दा बुद्धिस स्कुल (टुकुचे)ले प्रतियोगितामा सहभागिता जनाएका छन् । घरपझोङ गाउँपालिकाबाट जनवाल माध्यमिक विद्यालय (मार्फा) र जनहित माध्यमिक विद्यालय(जोमसोम)ले भाग लिएका छन् ।
प्रतियोगिता अन्तर्गत छात्र/छात्रा भलिबल, सय, दुई सय, चार सय, आठ सय र पन्ध्र सय मिटर दौड (छात्र/छात्रा) र दुई सय, चार सय र आठ सय मिटर (छात्र/छात्रा) रिले दौड प्रतियोगिता समावेश गरिएको जिल्ला खेलकुद विकास समितिका सचिव सुमन थकालीले जानकारी दिए ।
हाइजम्प (छात्रा/छात्रा), लङजम्प (छात्रा/छात्रा), सट्पुट (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा) र भाला (ज्याभलिङ थ्रो) छात्र÷छात्रा खेलसमेत हुने छन् । प्रतियोगिताको पहिलो दिन शुक्रबार छात्र/छात्रा तर्फको भलिबलका समूह चरणका खेल सकिएका छन् । यस्तै, १५ सय मिटर छात्र/छात्रा दौड प्रतियोगिता पनि भएको छ ।
उपल्लो मुस्ताङको दिव्यदीप माध्यामिक विद्यालय छोसेर चिसोका कारण घुम्ती कक्षा सञ्चालन गर्न पोखरा झरेको र कागबेनीको जनशान्ति माध्यमिक विद्यालय गत श्रावण २८ गतेको बाढीले विद्यालय बन्द भएकाले सहभागी भएनन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया