पोखरा बहुमुखीको छात्रा भलिबलमा पश्चिमाञ्चल र गुरुकुल फाइनलमा

पोखरा ।
पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षीक उत्सवको पुर्वसन्ध्यामा शुक्रबार आयोजना गरिएको माध्यमिक विद्यालयस्तरिय छात्रा भलिवल प्रतियोगीताबाट पश्चिमाञ्चल मावि र गुरुकुल मावि फाइनलमा पुगेका छन । उनिहरु बिच आइतबार बिहान ७ बजे अन्तिम प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा सहभागि कास्की जिल्लाभरका करिब दर्जन माध्यमिक बिद्यालय बिच शुक्रबार र शनिबार दिनभर भएको प्रतिस्पर्धाबाट उक्त दुई विद्यालय अन्तिम प्रतिस्पर्धाका लागि विजयी भएका हुन् । शनिबार भएको सेमिफाइनलमा पश्चिमाञ्चल मावि र गुरुकुल माविसँग कालिका बहुमुखी क्याम्पस, टप्स बोर्डिङ र जनप्रिय माविले प्रतिस्पर्धा गरेका थिए । सेमिफाइनल बाट टप्स बोर्डीङलाइ हराउँदै पश्चिमांचल र .जनप्रिय माविलाइ हराउँदै गुरुकुल फाइनलमा पुगेका हुन् ।
पोखरा बहुमुखी क्याम्पसले बिभिन्न समयमा क्याम्पसका अतिरिक्ति क्रियाकलाप अन्तर्गत बिद्यार्थीको व्यक्तित्व, नेतृत्व वा क्षमता विकास र ससक्तीकरण सम्बन्धि बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । यसै अन्र्गत खेलकुद मार्फत धेरै भन्दा धेरै छात्राको आत्मविश्वास र व्यक्तित्व विकास गर्न प्रेरणा प्रदान गर्ने उद्देश्यले छात्रा भलिवल प्रतियोगिता आयोजना गरिएको पोखरा बहुमुखि क्याम्पस प्रमुख शिशुकला पराजुलीले बताउनुभयो ।
क्याम्पसको अन्तरमावि स्तरिय छात्रा भलिवल प्रतियोगितामा कालिका कालिका बहुमुखी क्याम्पस, कन्या मावि, शान्ता मावि, त्रीवेणी मावि , तालबाराही मावि, इन्द्रराज्यलक्ष्मी मावि पनि सहभागि थिए । प्रतियोगितामा विजयि हुने बिद्यालयहरुलाइ यहि मंसिर १४ गते क्याम्पसको ३७ औं वार्षीकोत्सवका विच पुरस्कृत गरिने उक्त छात्रा भलिवल प्रतियोगिताका संयोजक बिनोद प्रसाद आचार्यले बताउनु भयो । छात्राभलिवल प्रतियोगितामा उत्कृष्ट चार वटा विद्यालयलाइ नगद पुरस्कार सहित पुरस्कृत गरिने क्याम्पसले जनाएको छ ।

तपाईको प्रतिक्रिया