ला ग्राण्डी कलेजमा सामाजिक उद्यमशीलता तालिम

पोखरा ।
पोखर–८ सिमलचौरस्थित ला ग्राण्डी इन्टरनेशनल कलेज र नबिल बैंक लिमिटेडको साझेदारीमा सामाजिक उद्यमशीलता सम्बन्धी तालिम शनिबार सुरु भएको छ । नबिल बैंकको स्कुल अफ सोसल आन्टरप्रेनरसिप नामको उक्त कार्यक्रमको तेस्रो संस्करण सुरु भएको हो ।
तेस्रो संस्करणमा ९ मंसिरदेखि २१ वटा सत्रहरू सञ्चालन भइरहेको कलेजका उपप्राध्यापक तथा तालिम संयोजक अमृत पौडेलले जानकारी दिए । गण्डकीका युवा लक्षित गर्दै उद्यमशीलता विकासको लक्ष्य राखी हरेक ३ महिनामा सामाजिक उद्यमशीलताका विभिन्न विधाहरुमा विषयविज्ञ तथा प्रशिक्षकहरुद्वारा प्रशिक्षण हुँदै आएको छ ।
प्रशिक्षण उद्घाटन समारोहमा नबिल बैंक पोखरा शाखाका म्यानेजर प्रदीप पहारीले स्वागतसहित तथा उक्त प्रशिक्षणबारे प्रकाश पारेका थिए । मुलुकलाई आत्मनिर्भर बनाउन युवाहरु उद्यमशीलतामा लाग्नुपर्ने खाँचो पहारीले औंल्याए । नबिल बैंक क्लस्टर हेड हरि ढकालले पनि नवीन सोचसहितको उद्यममा लाग्न युवाहरुलाई आग्रह गरे । कलेजका उप प्राध्यापक तथा तालिम संयोजक अमृत पौडेललेले २४ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा सामाजिक उत्तरदायित्व अन्तर्गत नै यस्ता तालिम गर्दै आएको छ ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया