७४ युनिट रगत संकलन

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको आदर्श युवा क्लबले आयोजना गरेको रक्तदानमा ७४ युनिट रगत संकलन भएको छ । पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले पहिलो रक्तदाता खेलाडी रोशन पौडेललाई बल्ड ब्याग हस्तान्तरण गर्दै रक्तदान सुरुआत गरे ।
उनले रगतको विकल्प नभएको जनाउँदै ३ महिनाको फरकमा रक्तदान गर्न मिल्ने कुरा सर्वसाधारणलाई बुझाउनुपर्ने जनाए । क्लबको २६ औं वार्षिकोत्सवमा २४ औं पटक क्लबले रक्तदान आयोजना गरेको हो । कार्यक्रममा क्लबका संस्थापक अध्यक्षसमेत रहेका पोखरा २९ का निवर्तमान वडाध्यक्ष चेतबहादुर गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी, ङ्योए तमु धीं लेखनाथ अध्यक्ष मेजर रामप्रसाद गुरुङ, रक्त सञ्चार केन्द्र पोखराका शाखा अधिकृत महेन्द्र केसी, रक्तदान कार्यक्रममा संयोजक लक्ष्मण सुनार, सदस्य सन्तोष गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रम क्लब अध्यक्ष पदम गुरुङको अध्यक्षतामा भएको हो ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया