केपी ओली कप उपाधि भिडन्तमा आर्मी र मधेस

समाधान संवाददाता २०८० मंसिर १५ गते १२:५३
फाइल तस्बिर

पोखरा ।
प्रथम केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त विभागीय टोली त्रिभुवन आर्मी र मधेस प्रदेशबीच हुने भएको छ ।

Advertisement


बिहीबार सेमिफाइनलका खेलहरु सकिएसँगै उपाधिका लागि भिड्ने टोलीको टुंगो लागेको हो । बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनल पुग्दा सशस्त्र प्रहरी बल (एपिएफ) लाई हराउँदै मधेस प्रदेश उपाधि भिडन्तका लागि योग्य बनेको हो ।


फाइनल खेल आज शुक्रबार हुँदै छ । मंसिर ७ देखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालित प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएका थिए । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका अनुसार विजेता टिमले नगद ५ लाख, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । यसैगरी, उपविजेता टोलीले २ लाख ५० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।


प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ पनि घोषणा गरिनेछ । जसले नगद ३० हजार पुरस्कार पाउनेछ । यस्तै, ‘बेस्ट बलर’ र ब्याटरले जनही नगद २० हजार र ‘म्यान अफ द म्याच’ ले नगद ५ हजार पुरस्कार पाउनेछन् ।


प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोली सहभागी भएका हुन् । बिहीबारको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब उपाधिनजिक पुगेको हो ।

Advertisement


बागमती प्रदेश विरुद्ध १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेटको क्षतिमा चुनौती समाप्त गरेको हो । दोस्रो सेमिफाइनलमा एपिएफलाई ११ रनले पराजित गर्दै मधेस फाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपिएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रनमात्र बनाउन बनाउन सक्यो ।

तपाईको प्रतिक्रिया