संघर्षमा कलममा स्रष्टा सम्मान

पोखरा ।
संघर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तक्रीया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असमका वरिष्ठ साहित्यकार भविलाल लामिछानेसँगको स्रष्टा साक्षात्कारसँगै उनको पछिल्लो कथा कृति अर्धासत्यको अन्तरक्रिया तथा स्रष्टा सम्मान सम्पन्न गरेको थियो ।
स्रष्टा लामिछानेले असमका नेपालीभाषी बन्धुको विगतदेखि वर्तमानसम्मको अवस्थाकोसमेत चर्चा गर्दै साहित्यले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका पुर्याए तापनि राज्यको हेय दृष्टि र लेखन व्यावसायिक नहुँदा स्रष्टा साधक पिल्सनुपरेको बताए । आफ्नो कथा लेखनबारे लामिछानेले थपे, ‘लामो समय शिक्षण पेशामा संलग्न रहँदाका अनुभवलाई लामा कथाकारूपमा प्रयोग गरेको थिए जुन प्रयोग सिद्ध भएकोमा छुट्टै सन्तोष मिलेको छ ।’
वरिष्ठ अधिवक्ता तिलक पराजुलीले विभिन्न क्षेत्रमा छरिएर रहेका नेपाली भाषी स्रष्टा साधकले नेपाली वाङ्मयको श्रीवृद्धिमा पु¥याएको योगदान अतुलनीय रहेको धारणा राखे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर सदस्य दुर्गा शाह बाबाले साहित्य र संगीतलाई तनाव व्यवस्थापनको महत्वपूर्ण पाटाकारूपमा चिनाए । कार्यक्रममा साहित्यकार शोभाकान्त गौडेलले अर्धासत्य कृतिमाथि प्रकाश पारेका थिए भने डा. कालु शर्मा सुवेदीले लामिछानेलाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनाए ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनी, जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापा, गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, सप्तरंगी साहित्य समाज गण्डकीकी अध्यक्ष अम्बिका भण्डारी, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम, संघर्षमा कलमका अध्यक्ष कृष्ण रानाभाट सारथि, छन्दवादी कवि छविलाल आचार्यलगायतले बोलेका थिए ।
सोही समारोहबीच लामिछानलाई नेपाली वाङ्मयको श्रीवृद्धिमा पुर्याएको योगदानको कदरस्वरूप संस्थाद्वारा सम्मानसमेत गरिएको थियो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया