मानवअधिकार तथा साइबर अपराधसम्बन्धी जनचेतना

पोखरा ।
सामाजिक अभियन्ताहरूका लागि मानवअधिकार अभिमुखीकरण तथा साइबर अपराध सम्बन्धी जनचेतनामूलक कार्यक्रम शुक्रबार भएको छ ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशका मानवअधिकार अधिकृत मोहन काफ्लेले मानवअधिकारका विषयमा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र कानुनी व्यवस्थाको विषयमा जानकारी गराएका थिए ।

पछिल्लो समय मानव अधिकारका हननका घट्ना तथा बढ्दो साइबर अपराधका घट्नालाई न्यूनीकरण गर्न सामाजिक अभियन्ताहरुको पनि महत्वपूर्ण भूमिका हुने भएकाले जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको नागरिक समाज कास्कीका संस्थापक रामबहादुर पौडेलले बताए ।
कार्यक्रममा स्वागत गर्दै पोखरा ७ का अध्यक्ष राममोहन आचार्यले समाज बदल्नको लागि सुरुवातमा आफू बदलिनुपर्ने बताए । नागरिक समाज कास्की र वातावरण संरक्षणका लागि महाअभियान पोखराले पोखरा वडा नम्वर ७ को सभाकक्षमा गरेको कार्यक्रममा ५१ जना सामाजिक अभियन्ताहरुको सक्रिय सभागिता थियो ।









६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया