हिसान स्पोर्टस मिट आजसम्म

पोखरा ।
हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा तेस्रो दिन ब्याडमिन्टनका खेल सकिएका भएका छन् भने अन्य खेल जारी छन् ।
हिसान कास्कीको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा छात्र ब्याडन्टिन प्लस टु सिंगल्समा बाल प्रभात माविका सुन्दर विकले सगरमाथाका सुजन पौडेललाई पराजित गर्दै प्रथम भए ।
सगरमाथाका सत्यजित शर्मा र प्रतिभाका सुमित सुनार तेस्रो भएका छन् । छात्रातर्फ मदरल्यान्डकी आयुष्मा नेपाल पहिलो हुँदा सगरमाथाकी रिष्ता बास्तोला दोस्रो, करुणानिधिकी सविरा गुरुङ र मदरल्यान्डकी विशेषता केसी तेस्रो बनेको ब्याडमिन्टन प्रतियोगिता उपसमितिका संयोजक पुरन कुँवरले जानकारी दिए ।
विश्वविद्यालय छात्र व्याडमिन्टन सिंगलसमा इन्र्फमेटिक्सका थमन सिंह थापा पहिलो, पोखरा लिंकनका रिजन सूर्यवंशी दोस्रो, पोखरा इन्जिनियरिङका सूवर्ण रुम्बा र इन्फरमेटिक्सका निश्चल भण्डारीले तेस्रो बने । छात्रा सिंगल्समा पोखरा कलेज अफ म्यानेजमेन्टकी स्वश्तिका पौडेल पहिलो, सोही विश्वविद्यालयकी एलिका लन्चन दोस्रो, इन्फरमेटिक्सकी प्रतीक्षा गुरुङ तथा पोखरा इन्जिनियरिङकी विनिशा अधिकारी तेस्रो बने ।
छात्र ब्याडमिन्टन डबल्स प्लस टुतर्फ बाल प्रभातको जोडी सुन्दर विक र जेदान सिंह पहिलो, सगरमाथाका सत्यजित शर्मा र सुजन पौडेलको जोडी दोस्रो, ग्लोबल कलेजियटको जोडी अर्जुन शहनी र लेनिन नेपाली र प्रतिभाका सुमित सुनार र धीरज विकको जोडीले तेस्रो स्थान पाएका छन् ।
छात्रातर्फ मदरल्यान्डका आयुष्मा नेपाल र प्रिस्का कँडेल पहिलो, सगरमाथाका रिस्ता बास्तोला र दीक्षा गुरुङको जोडी दोस्रो, करुणानिधिका समृद्धि अधिकारी र सविरा गुरुङको जोडी तथा ग्लोबल कलेजियटका रोजिना गुरुङ र रोजिना गुरुङको जोडीले तेस्रो स्थान बनाएका छन् ।
पिसिएमका स्वश्तिाका पौडेल र एलिका लन्चन पहिलो हुँदा इन्फरमेटिक्सका प्रतिक्षा गुरुङ र शिखा कुँवर दोस्रो तथा पोखरा इन्जिनियरिङ अनुस्का थेवे र विनिस्का अधिकारीले तेस्रो स्थान प्राप्त गरे । विजेतालाई राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव तथा हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले मेडल तथा प्रमाणपत्र वितरण गरे ।
शुक्रबार नै भलिबल प्लस टु छात्रतर्फ माउन्ट अन्नपूर्णले टप्स माविलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ । करुणानिधि सिर्जना माविलाई सेमीफाइनलमा पराजित गर्दै फाइनल पुगेको छ ।
प्लस टु छात्र बास्केटबलमा न्यू ग्यालेक्सी र हिल पोइन्ट मावि अन्तिम ४ मा प्रवेश गरेका छन् भने छात्रतर्फका अरु खेल जारी छन् । छात्रा बास्केटबलमा न्यू ग्यालेक्सी उपाधि नजिक पुगेको छ । शनिबारबो सेमीफाइनलमा त्रिवेणी पब्लिकलाई १९–३ को स्कोरले पराजित गरी न्यू ग्यालेक्सी फाइनल पुगेको हो । विश्वविद्यालय छात्रमा पिसिएम र लेकसिटी तथा लिंकन र पिसिएम छात्रातर्फ उपाधि नजिक पुगेका छन् ।
स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, प्रतिष्पर्धा जारी छन् भने टेबुल टेनिसका खेलहरु सकिनेछन् । प्रतियोगिता आइतबार समापन हुने हिसान कास्की अध्यक्ष याम बहादुर रोक्काले बताए ।
तपाईको प्रतिक्रिया