मयूर बहुउद्देश्यीय सहकारीको सभा

पोखरा ।
मयूर बहुउद्देश्यीय सहकारी पोखरा ५ को वार्षिक साधारण सभा भएको छ । गत आर्थिक वर्षको लेखा परीक्षण तथा वार्षिक प्रतिवेदन र भावी नीति तथा कार्यक्रम पारित गर्दै शनिबार सहकारीको दोस्रो साधारणसभा सकिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका निवर्तमान अध्यक्ष तेजनारायण अधिकारीले सहकारीमा सुशासन नभएका कारण अस्थिरता पैदा भएको बताए । पछिल्लो समय सहकारीलाई हेर्ने दृष्टिकोणमा नकरात्मकता सिर्जना भए पनि यसको समाधान हुने उनको भनाइ थियो । सहकारीलाई नियमित चेकजाँज र अनुगमन आवश्यक रहेको उनको भनाइ छ ।
सहकारीका अध्यक्ष मीनराज खड्काले कास्की जिल्लाकै उत्कृष्ट सहकारी बनाउने योजनाका साथ अगाडि बढेको जनाए । अध्यक्ष खड्काले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन र सहकारीको भावी कार्यक्रम तथा योजनासमेत प्रस्तुत गरेका थिए ।
उद्घाटन सत्रमा मानसा सहकारीका अध्यक्ष गोविन्द देवकोटा, नेसनल लाइफ इन्स्युरेन्स लेखनाथ शाखाका प्रमुख छविलाल पौडेल, प्राइम कमर्सियल बैंक स्याङ्जा शाखाका प्रमुख शालिकराम लामिछाने, अभियान युवा क्लब अध्यक्ष राजु गिरी, सेयर सदस्य कपिल पौडेल लगायतले बोलको थिए ।
यो सहकारीमा हाल १ सय ८२ सेयर सदस्य छन् । हाल सहकारीको चुक्ता पुँजी ८२ लाख ८८ हजार छ भने कर्जा लगानी २ करोड ७ लाख ४१ हजार ६ सय ८० रुपैयाँ छ ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया