पानबहादुर सुनारको निधन

पोखरा ।
सामुदायिक वन आन्दोलनका अभियन्ता पानबहादुर सुनारको निधन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ घार्मी निवासी सुनारको ८० वर्षको उमेरमा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा शुक्रवार दिउँसो निधन भएको हो ।
लामो समयदेखि उच्च रक्तचापका बिरामी सुनार साविकको लामाचौर गाविस वडा नम्बर ८ घार्मीमा २००० सालमा जन्मिएका थिए । २०५२/०५३ सालतिर घार्मीमा भएको सामुदायिक वन प्राप्तिको आन्दोलनमा महत्वपूर्ण भुमिका निर्वाह गरेका सुनाएको शनिबार स्थानीय सेती घाटमा हिन्दू परम्परा अनुसार अन्त्यष्टि गरिएको छ । स्वर्गीय सुनाएको पार्थिव शरीरमा जेठा छोरा नारायण सुनारले दागबत्ती दिएका थिए ।
त्यसअघि सुनाएको पार्थिव शरीरमा पूर्वमन्त्री जगतबहादुर सुनार, एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडी, अन्नपूर्ण गाउँ पालिकाका अध्यक्ष विष्णुबहादुर केसी, मुक्ति समाजका केन्द्रीय सदस्य रमेश विश्वकर्मा लगायत स्थानीयले पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए । स्वर्गीय सुनारका श्रीमती, २ छोरा नारायण र राजु तथा १ छोरी रत्ना छन् ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया