हाजिरीजवाफमा विन्ध्यवासिनी मावि प्रथम
पोखरा ।
पोखराको बाटुलेचौरमा भएको अन्तर विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा विन्ध्यवासिनी मावि प्रथम भएको छ ।
विन्ध्यवासिनी माविले आयोजना गरेको सामुदायिक विद्यालय स्तरीय प्रतियोगितामा भारती भवन मावि द्वितीय र नारायण आधारभूत विद्यालय तृतीय भएका छन् । कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा १४ वटा विद्यालय सहभागी थिए ।
कार्यक्रममा पोखरा महानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन रेग्मीले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व विकासका लागि अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने बताए ।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरुदत्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, सहायक प्रधानाध्यापक रामबहादुर बानिया, कार्यक्रम संयोजक गोविन्द शर्मा र शिक्षक उमा अधिकारीले बोलेका थिए ।
समारोहमा विजयी विद्यार्थीलाई पुरस्कारसमेत गरिएको थियो ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया