स्टेप वाई स्टेप माविमा खेलकुद प्रतियोगिता

पोखरा ।
स्टेप वाई स्टेप मावि मासबार पोखराको चालु शैक्षिक सत्रको ३५ औँ वार्षिक खेलकुद प्रतियोगिता आज विशेष समारोह बिच शुभारम्भ भयो । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालको सभापतित्वमा सञ्चालित शुभारम्भ कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले विद्यालयका खेलकुद शिक्षक इच्छा गुरुङलाई फुटवल लगायत खेलकुद सामग्रीहरु हस्तान्तरण गरी उक्त २ दिवसीय खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतियोगिताको पहिलो दिन भलिबल, टेवल टेनिस, टग अफ वार (डोरी तान्ने खेल), म्युजिकल चियार, चम्चा दौड, बेलुन फुटाई, मिठाई दौड आदि प्राराम्भिक चरणका खेलहरु सम्पन्न भएका थिए । अइतबार सम्पन्न छात्रा भलिवलमा न्युटन हाउस प्रथम हुन सफल भएको थियो । ग्यालिलियो हाउस द्वितीय भएको थियो । छात्रा वास्केट बलमा न्युटन सदन प्रथम हुन सफल भएको थियो भने आइन्स्टाइन सदनले द्वितीयमा चित्त बुझाउनुपरेको थियो । छात्र बास्केटबलमा मर्कोनी सदन प्रथम भयो भने ग्यालिलियो सदन द्वितीय भएको थियो । सबै खेलहरु सदनात्मक रुपमा खेलाइएको थियो ।
उद्घाटन मन्तव्य व्यक्त गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले खेलकुदको महत्वमाथि प्रकाश पार्दै नेपालीले आफूलाई खेलकुद मार्फत विश्वमा धेरै ठूला सम्पन्न देशहरुलाई समेत पछाडि पारी परिचित बनाउन सफल भएको र यस विद्यालयले उत्पादन गरेका विद्यार्थीहरु राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीका रुपमा विभिन्न क्लवहरुमा अनुबन्धित हुन सकेको कुरा समेत व्यक्त गरे ।
विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालयले स्वास्थ्यका लागि खेल भन्ने उद्गारलाई मनन गर्दै विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट स्वास्थ बनाउन सकिने कुरामा जोड दिए ।
विद्यालयमा पढाइको साथसाथै खेलकुदको पनि ज्यादै महत्व भएकाले वर्षभर नै समय तालिका बनाएर खेलकुद सञ्चालन गर्दै आएको र विद्यार्थीहरुको खेलकुदको सीपलाई अभिवृद्धि गर्ने हिसावले यस किसिमको खेलकुद प्रतियोगिताको आयोजना गरिएको हुनाले सम्पूर्ण विद्यार्थीहरुलाई अनुशासित भई खेलहरुमा संलग्न हुन निर्देशन गरे ।
कार्यक्रममा विद्यालयका सह—प्राचार्य दीपक गिरीले स्वागत मन्तव्य र विद्यालयका कोर्ओडिनेटर सूर्य प्रसाद लम्सालले समेत आफ्ना भनाइहरु राखेका थिए । विद्यालय प्रांगणका साथै मालेपाटन खेलकुद मैदानमा प्रतियोगिताका खेलहरु सञ्चालन गरिएको थियो । प्रतियोगितामा विद्यालयका खेलकुद शिक्षक इच्छा घलेको संयोजकत्वमा विभिन्न शिक्षकहरुद्धारा खेलहरु खेलाउने र प्रतियोगितामा खेलका विभिन्न चरणहरु २ दिनसम्म संञ्चालन भई १८ गते सोमबार सम्पन्न हुने कुरा प्रतियोगिताका सह—संयोजक शिक्षक रामचन्द्र शर्माले जनाएका छन् ।
तपाईको प्रतिक्रिया