विप्लवका लमजुङ जिल्ला सेक्रेटरी पक्राउ

समाधान संवाददाता
पोखरा
सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहका एक नेता पोखराबाट पक्राउ परेका छन् । लमजुङ जिल्ला सेक्रेटरी विनोद सोनामलाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए ।
पोखरा ४, सिद्धार्थचोकस्थित तरकारी बजारमा सोमबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि अनुसन्धानमा सक्रिय प्रहरीले उक्त स्थानबाट सोनामलाई पक्राउ गरेको थियो । एसपी कार्कीले पक्राउ परेका सोनाम उपर अनुसन्धान भइरहेको बताए ।
आफ्ना कार्यकर्तामाथि सरकारले धरपकड तथा ज्यादती गरेको भन्दै विप्लव समूहले मंगलबार आह्वान गरेको बन्दका कारण पोखराको जनजीवन आंशिक प्रभावित बन्यो । सार्वजनिक यातायात ठप्प जस्तै बने भने निजी कार्यालयका कामकाज समेत प्रभावित बने ।
विप्लव समूहले आह्वान गरेको बन्दको दिनमा पोखरा र आसपासका क्षेत्रमा शंकास्पद विस्फोटक वस्तु भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय जानकारी दिएको छ । कास्कीको मादी गाउँपालिका ७, छाचोक मजुवास्थित काहुँखोला दूधपोखरी भित्री सडकको छेउमा हरियो प्लाष्टिकमा कालो र खरानी कलरको टेपले बेरेको २ वटा मसिनो तार निकालिएको शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रदेश प्रहरी कार्यालय प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
पोखरा २७, लक्ष्मी आदर्शचोकस्थित सडकको छेउमा सकेट बम फेला परेको थियो । उक्त बम सेनाको टोलीले डिस्पोज गरेको छ । पोखरा १७, ड्यामसाइडस्थित सडक फुटपाथमा रातो कपडाले बेरेको शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त वस्तु सर्वसाधारण तर्साउने गरी ‘होक्स कनेक्टर’ मात्रै राखिएको प्रहरीले बताएको छ । विभिन्न ठाउँमा फेला परेका वस्तु सेनाको बम डिस्पोजल टोलीले नियन्त्रणमा लिएको थियो ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया