पोखरेली टेनिस खेलाडी चितवनमा

समाधान संवाददाता २०८० मंसिर १८ गते १५:५३

पोखरा ।
टेनिस टुरका लागि चितवन आइपुगेका पोखरेली टेनिस खेलाडीको चितवनमा मैत्रीपूर्ण टेनिस खेलेका छन् । उनीहरु चितवनस्थित प्रिमियर टेनिस एकेडेमीमा सिंगल्स तथा डबल्सका प्रतिस्पर्धाका लागि कोर्टमा उत्रिए ।

Advertisement


९ सदस्यीय टेनिस टोलीमा खेलाडीहरु गोपीबहादुर भट्टराई, सूर्यबहादुर भुजेल, धरमबहादुर लामिछाने, राज गुरुङ, भिष्मराज पौडेल, विश्वराज पौडेल, वीरेन्द्र लामा, लक्ष्मण लामा, विनय थापा र देव श्रेष्ठ छन् ।


चितवनको भरतपुरस्थित उक्त टेनिस एकेडेमी खैरहनी नगरपालिका–१३, गवइक कुमारजंग क्षेत्रीले सञ्चालन गरेका हुन् । १३ वर्षदेखि टेनिस खेल्दै आएका उनले काठमाडौमा सिटिजन कपका २ र पोखरामा माछापुच्छ्रे कपको १ संस्करणमा भाग लिएका छन् । मोफसलमा रहेर टेनिस खेलको विकासमा लागेकाहरुको हौसलाका लागि आफूहरु चितवन आएको खेलाडी गोपीबहादुर भट्टराईले बताए ।

Advertisement


निजी खर्चमा चितवनमै पहिलो टेनिस कोर्ट निर्माण गरेका खेल विकासमा लागेका कुमार जस्ता प्रतिभालाई सरकारी स्तरबाट पनि सहयोगको खाँचो रहने अर्का खेलाडी सूर्यबहादुर भुजेलको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया