राहतसहित कास्की कांग्रेस जाजरकोटतिर
समाधान संवाददाता
२०८० मंसिर २० गते १२:५१

पोखरा ।
नेपाली काँग्रेस कास्कीको एक टोली मंगलबार भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बरालको नेतृत्वमा पार्टी सचिव देवेन्द्र रानाभाट, सहसचिव नवीन सिग्देल र जिल्ला सदस्य बाबुराम गिरी सम्मिलित टोली नगद र लत्ताकपडासहित जाजरकोट हिडेको हो ।
कांग्रेसका कार्यकर्ता र शुभेच्छुकबाट संकलित ८ लाख दुई हजार ८ सय ८२ रुपैयाँ नगद र ५७ हजारका लत्ताकपडा लिएर टोली हिडेको हो । उक्त रकम जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जाजरकोट प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
टोली बुधबार जाजरकोट पुग्ने र राहत रकम तथा लत्ताकपडा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्ने जनाइएको छ । गएको कात्तिक १७ गते राति पौने १२ बने जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ रेक्टरको भूकम्प गएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया