पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता हुने

पोखरा ।
कास्कीको धार्मिक पर्यटकीय स्थल पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता हुने भएको छ । पञ्चासे आदर्श क्लबको आयोजनामा मंसिर २३ देखि २५ गतेसम्म १२ औं पञ्चासे बालाचतुर्दशी मेला तथा वडा स्तरिय भलिबल प्रतियोगिता हुन लागेको हो ।
मेलालाई आकर्षक बनाउनका लागि विभिन्न खेल प्रतियोगिताको आयोजना गरिएको पञ्चासे आदर्श क्लबका अध्यक्ष दिनेश गुरुङले बताए । उनका अनुसार वडा स्तरिय भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता समेत हुनेछ ।
मुख्य आकर्षक भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद ७७ हजार रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक आयुष गुरुङले जानकारी दिए । त्यस्तै दोस्रो हुने टिमले नगद ४४ हजार रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गुरुङले बताए ।
जैविक विविधताको धनी पञ्चासे क्षेत्रमा बाला चतुर्दशीका दिन सतबिज छर्ने भक्तजनको भिड लाग्ने हुँदा यहाँको छुट्टै पहिचान रहेको मेलाका प्रचारप्रसार संयोजक इश्वर घलेले बताए । बाला चतुर्दशी मेलालाई निरन्तरता दिँदै थप आकर्षण बढाउन खेल प्रतियोगिताको आयोजना गरिदै आएको उनको भनाई छ ।
पोखराबाट नजिकै रहेको शान्त जहाँ हरियाली जंगल र योगाको लागि उपयुक्त उत्कृष्ट पर्यटकीय गन्तव्य नै पञ्चासे रहेको निलगगन विकास समाजका अध्यक्ष बैकुण्ठ पौडेलले बताए । ‘सुनाखरीको राजधानी भनेर पनि पञ्चासेलाई चिनिन्छ । जैबिक फूलबारी मानिएको पञ्चासेमा थरिथरिका चरा, सुनगाभा र जडीबुटी पाइन्छ । विशेषगरि प्राकृतिक सौन्दर्यता नियाल्न पनि पञ्चासे एक पटक आउनुपर्छ ।’ पौडेलले भने ।
पञ्चासे २,५१७ मिटर उचाइमा छ । अग्लो डाँडा भएकाले त्यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि, लमजुङ र मनास्लु हिमालको दृष्यावलोकन गर्न सकिन्छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया