भानुभक्त माविमा खेलकुद

समाधान संवाददाता २०८० मंसिर २१ गते १२:२५

पाेखरा ।

Advertisement

पोखरा १, सिम्पानीस्थित भानुभक्त आवासीय माध्यमिक विद्यालयले मंसीर २० गते देखि वार्षिक कार्यक्रम अन्तगर्तको ३ दिने खेलकुद कार्यक्रम सुरु गरेको छ । अन्तर सदनात्मक, एकल तथा युगल प्रतिस्पर्धाका फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, विभिन दुरीका दौडहरु लगायत अन्य थुप्रै खेलहरु समावेश भएको उक्त कार्यक्रम उद्घाटन विद्यालयका संस्थापक प्रिन्सिपल दिनेशकुमार लामिछानेले गरे ।


रेफ्रीलाई बल हस्तान्तरण गर्दै उद्घाटन भएको कार्यक्रममा संस्थापक प्रिन्सिपल लामिछानेले खेलकुद हार र जितका लागि मात्र नभई खेलभावना विकसित गर्नका लागि खेल्नुपर्ने तथा स्वस्थ्य दिमागका लागि स्वस्थ्य शरीर र स्वस्थ्य शरीरका लागि खेलकुदको अंह भूमिका रहने बताए ।


पहिलो दिन सम्पन्न विभिन्न खेलकुद प्रतियोगिता मध्ये जुनियर फुटबलमा ब्लु हाउस तथा येल्लो हाउस र सिनियरतर्फ ब्लु हाउस तथा ग्रीन हाउस फाइनलमा पुग्न सफल भएका छन् । कक्षा नर्सरीदेखि कक्षा १२ कक्षा सम्म सञ्चालित उक्त स्कुलमा ५०० भन्दा बढी विद्यार्थी छन् ।


भानुभक्तमा कक्षा ११ र १२ मा कानुन विषय अध्यापन भइरहेको छ । उक्त खेलकुद कार्यक्रमको संयोजन विद्यालयका आधारभूत तह इन्चार्ज दीपक तामाङले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया