नेचुरल टाउनको स्वास्थ्य शिविर

समाधान संवाददाता २०८० मंसिर २१ गते १२:२९

लेखनाथ ।
लायन्स पोखरा नेचुरल टाउनले शुक्लागण्डकी १२ को जनप्रेमी माविमा रक्तदान जनचेतना तथा निशुल्क स्वास्थ्य शिविर गरेको छ । कार्यक्रममा १ सय ७० विद्यार्थीको रक्तसमूह विभाजन, १ सय ६० अभिभावक तथा शिक्षकको सुगर, पिसाब तथा अन्य परीक्षण गरिएको छ ।

Advertisement


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक कार्यलय पोखराका वरिष्ठ सहायक यशोधा दुराले प्रशिक्षण दिए । क्लबका अध्यक्ष प्रकाश राईभाटको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी १२ का अध्यक्ष ईन्द्र गुरुङ, डिस्ट्रिक्ट चिफ मोतिप्रसाद पौडेल, डिस्ट्रिक्ट आइटी तथा सेक्रेटरियल अफिसर विकास भुर्तेल, रिजन २१ का रिजन चेयरपर्सन चोकबहादुर गुरुङ, जोन २२ का जोन चेयपर्सन सुन्दर शर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष किरण शाही, प्रधानाध्यापक डिल्लीराज लामिछाने, क्लबका सचिव बाबुराम वाग्ले लगायतले सिविरबाट स्वास्थ्य जनचेतना बढ्ने जनाए ।

तपाईको प्रतिक्रिया