विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि तालिम

पोखरा ।
वन्यजन्तु संरक्षणमा व्यावहारिक ज्ञान दिने उद्देश्यले स्याङ्जाको पुतली बजारमा विद्यार्थीहरुका लागि वन्यजन्तु अनुसन्धान विधि तालिम भइरहेको छ । नेपालमा वन्यजन्तु र तिनको वासस्थानको अनुसन्धान र संरक्षणको क्षेत्रमा क्षमतावान् युवापुस्ताको निर्माण गर्ने उद्देश्यले प्रकृतिका साथीहरू संस्थाले १ दशकदेखि वार्षिक रुपमा सञ्चालन गर्ने ‘वन्यजन्तु अनुसन्धान विधि तालिम’ दिइएको हो । स्याङ्जा जिल्ला, पुतली बजार नगरपालिका २, भैंसेगौंडा सामुदायिक होम स्टेमा विद्यार्थीले तालिम लिइरहेका छन् ।
नेपालको वन्यजन्तु संरक्षण, अनुसन्धान क्षेत्रमा व्यावहारिक ज्ञानको निकै आवश्यक भइरहे बेलामा प्रकृतिका साथीहरू संस्थाले वर्षेनी यस्तो कार्यक्रम गर्दै आएको हो । अहिलेसम्म १६७ जनाले यो तालिम लिई सकेको र गत वर्ष गरिएको सर्वेक्षणमा करिब ८० प्रतिशत सहभागिले यो तालिम तिनको व्यक्तिगत र ब्यबसायिक जीवनमा सहयोगी भएको बताएका छन् ।
सैद्धान्तिक, व्यावहारिक र प्रयोगात्मक विधिबाट वन्यजन्तु र वनस्पतिको पहिचान, अनुगमन र वैज्ञानिक तथ्यांक संकलन तथा प्रकाशनका साथै प्रभावकारी संरक्षण सचेतना अभियान सञ्चालन बारे समेत सम्बन्धित विषयका विज्ञबाट प्रशिक्षण दिने गरिएको प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले बताए ।
वरिष्ठ वन्यजन्तुविद् प्राध्यापक करणबहादुर शाह, वन्यजन्तु विज्ञ राजु आचार्य, पन्छीविज्ञ कृष्ण भुसाल, पुतली विज्ञ सुरेन्द्र परियार लगायतले तालिम स्थलमै पुगेर प्रयोगात्मक प्रशिक्षण दिएका छन् । अन्य विज्ञ, वैज्ञानिक अनुसन्धानकर्मीहरू सँग अनलाइन कक्षा पनि भइरहेको बताइएको छ । तालिममा विभिन्न विश्व विद्यालयमा स्नातक र स्नातकोत्तर अध्ययनरन १३ जना विद्यार्थीको सहभागीता छ ।








सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया