पोखरा १२: नगर स्वच्छ र सफा राख्न सार्वजनिक स्थल र मुख्य चोकमा डस्टबिन
समाधान संवाददाता
२०८० मंसिर २३ गते १८:४५

पाेखरा ।
पोखरा महानगरपालिका –१२ नम्बर वडा कार्यालयले सरसफाइमा चासो देखाएको छ । शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय,नवीकरण भएका टोल बिकास संस्था र वडाका मुख्य सार्वजनिक स्थल एबम चोकहरुमा डस्टबिन,बोतलक्रेज राखेको छ ।
त्यस्तै कुहिने र नकुहिने फोहोर राख्नको लागि छुट्टाछुट्टै डस्टबिनको व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । वडालाई सफा र स्वच्छ राख्न फोहोरको व्यवस्थापनमा जुटेको उनको भनाइ छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा सुन्दर मात्र होइन । पर्यटकको पनि ओइरो लाग्छ । पर्यटकको मन खिच्न पनि शहर सुन्दर बनाउन आवस्यक छ । त्यसैले शहर सुन्दर बनाउन सबैले म भनेर आफैबाट सुरु गर्नुपर्छ, उनले भने । वडाध्यक्ष बास्तोलाले सुरु गरेको काममा वडाबासीले पनि साथ दिइरहेका छन् । नगर र वडा सफा राख्न स्थानीय पनि अग्रसर भएका छन् ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया