पाेखरा १३ मा कपाल दान गर्ने युवक युवतीको लस्कर

पोखरा ।
क्यान्सर रोगबाट मुक्त बनाउने क्रममा कपाल गुमाएकाहरुका लागि पोखराका १५ युवाले कपाल दान गरेका छन् । यहाँको मेलमिलाप युवा क्लब र पोखरा वडा नं. १३ ले संयुक्त रुपमा आयोजना गरेको कपाल दान कार्यक्रममा १६ जना युवक युवतीले कपाल दान गरेका हुन् । सबै गरी १६ युनिट कपाल प्राप्त भएको क्लबका अध्यक्षसमेत रहेका कार्यक्रम संयोजक कृतन वाग्लेले जानकारी दिए । सबै दाताहरु विद्यार्थी नै रहेका छन् । मिङ्मा फाउण्डेश र हेयर क्राउनको सहयोग रहेको कार्यक्रममा सलुन पार्टनरका रुपमा युनिसेक्स सलुन जोडिएको छ । पोखरा १३ का वडाध्यक्ष किरण बरालको सहयोग रह्यो ।
दान जस्तो महान् कार्यमा समर्पित भई क्यान्सर निको बनाउने क्रममा कपाल गुमाएकाहरुका लागि कपाल दान गरिदिएकोमा वाग्लेले धन्यवाद व्यक्त गरे । कपाल दान गर्नेहरुमा अञ्जली लम्साल (अम्बिका), सुचिता गुरुङ, दिपेश बराल, सृष्टि लामिछाने, सोनु कार्की, दिपेश गौतम, सोबित बराल, एलिशा अधिकारी, अनिशा अधिकारी, रविना दवाडी, विवेक परियार, सुमित्रा गुरुङ, तारा गुरुङ, डिम्पल क्षेत्री र शम्भवि गुरुङ रहेका छन् । अधिकारी दिदीबहिनीबाट यस अघिको कपालसमेत दान भएकाले १६ युनिट संकलन भएको अध्यक्ष वाग्लेले बताए ।
सोमबार सृष्टि बराल र आर्मीमा भर्ना भएकी अर्की साथीले पनि कपाल दान गर्न लागेको उनले जनाए । कपाल दान गर्न चाहनेहरू सम्पर्कमा ल्याएर यो अभियानलाई निरन्तरता दिइने उनले बताए । कपाल दाता अञ्जली लम्सालले आफूले धेरै बर्ष अघि पूरै काटेको कपाल संरक्षण गरी राखिरहेकोमा अहिले हस्तान्तरण गरेको बताइन् । उनले कपाल दान अभियान नै सञ्चालन भएकाले दान गर्ने उपयुक्त स्थान पाएको बताउँदै आयोजकलाई धन्यवाद दिइन् ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया