बुढीगण्डकी बनाउन खोज्दा सरकार ढालियोः ओली

पोखरा ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुढी गण्डकी आयोजना अघि बढाउन खोज्दा आफू नेतृत्वको सरकार ढालिएको दाबी गरेको छन् । पार्टीले सञ्चालन गरेको ‘समृद्धका लागि संकल्प यात्रा’ अन्तर्गत गोरखा आएका अध्यक्ष ओलीले शनिबार गोरखामा आयोजित अन्तरक्रियामा यस्तो बताएका हुन् ।
‘म पहिलोचोटि यो देशको प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजनालाई अघि बढाउन खोजें, ठीक त्यति बेला सरकार ढालियो । बुढीगण्डकी आयोजनालाई खारेजी गरियो । फेरि दोस्रो पटक मेरो नेतृत्वमा सरकारमा हुँदा बुढीगण्डकी आयोजना अघि बढाउन खोजें फेरि कम्युनिस्टका केही पात्रहरुलाई प्रयोग गरी सरकार मेरो नेतृत्वको सरकार ढाले,’ अध्यक्ष ओलीले भने ।
गर्न खोजेको केहो त्यो आफूलाई थाहा नभएको उनी बताउँछन् । ‘म भन्न चाहन्छु नेपालको परियोजना कुन देशलाई दिंदा नेपाललाई बढी फाइदा हुन्छ, त्यसै देशलाई दिनुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘सरकारले बुढीगण्डकी परियोजना आफैले बनाउने भनेर गफ दिइरहेको छ ।
कर्मचारीलाई तबल खुवाउने रकमसमेत बाह्य ऋण लिने सरकारले आयोजना कसरी बनाउला ?’ अझै केही समयसम्म नेपालले बुढीगण्डकी आयोजना आफैले बनाउन सक्ने सम्भवना नरहेको उनको दाबी छ । कुनै देशलाई दिएर भए पनि तत्काल यसको काम गर्नुपर्ने उनको जोड छ । अहिले राज्यकोषबाट ७६ अर्ब मुआब्जा दिइसकेकाले बुढीगण्डकी जसरी पनि बनाउनुपर्नेमा उनले जोड दिए ।
सोही कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकार चीनले दिएको सहयोग लिन पनि डराएको टिप्पणी गरे । ‘चीनले लुम्बिनी र पोखरामा एयरपोर्ट बनायो तर चल्न दिइएको छैन, चल्न पाउँदैन भनेर भित्र–भित्र के खेल हुँदैछ थाहा छैन । एयरपोर्ट चलाए भारत रिसाउँछ भन्ने सुनिन्छ,’ अध्यक्ष ओलीले भने ।
बनेको एयरपोर्ट सञ्चालन गरी चीन र भारतबाट पर्यटक ल्याउन सके नेपालको धेरै विकास हुने उनले जनाए । बनेका संरचनाको सदुपयोगका लागि सरकारले पहल लिनुपर्ने भए पनि त्यसतर्फ सरकारको ध्यान नभएको उनको टिप्पणी छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया